घण्टेश्वर अनलाईन
काठमाण्डौं
न्याय परिषद्ले २ सय २४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ । मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । जिल्ला अदालत डोटीका न्यायाधीश बिदुर काफ्लेको बाँके जिल्ला अदालतमा सरुवा भएको छ । यसैगरि कन्चनपुर जिल्ला अदालतका न्यायाधिश शिबलाल पाण्डेयको जिल्ला अदालत डोटीमा सरुवा भएको छ ।