घण्टेश्वर अनलाईन
काठमाण्डौं
राष्ट्रिय युवा परिषदद्वारा आयोजना गरिएको राष्ट्रिय गजल प्रतियोगितामा डोटीका समिर ओझाले प्रथम स्थान प्राप्त गरेका छन ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गएिको उक्त प्रतियोगितामा खोटाङका विक्रम चेतनशील राई द्वितीय , कास्कीका संयोग बस्याल तृतीय र झापाकी सरु आचार्यले सान्त्वना स्थान प्राप्त गरेको परिषदले जनाएको छ ।
यसैगरी युट्युव भिडियो प्रतियोगितामा कास्कीका अभ्यासराज चालिसे प्रथम, सुनसरीका तीर्थराज विश्वकर्मा द्वितीय, सुर्खेतकी प्रिशिला गिरी तृतीय र कपिलबस्तुका खुमबहादुर सुनारले सान्त्वना स्थान हासिल गरेका छन ।
यस्तै टिकटक प्रतियोगितामा काठमाडौंकी काजोल कार्की प्रथम, नवलपरासीका आश्विन परियार द्वितीय, दाङकी मनिषा परियार तृतीय र इलामका विनोद लोहारले सान्त्वना स्थान हासिल गरेका छन् ।
सवै प्रतियोगितामा प्रथम हुनेलाई चालीस हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
अगष्ट १२ गते अन्तर्राष्ट्रिय युवा दिवसको दिन तदनुसार श्रावण २७ गते राष्ट्रिय सभा गृहमा आयोजित मुल समारोहमा विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र दिइनेछ ।