युवा ब्यवसायी मडैको निधनमा जोरायलका युवाहरुले शोक मनाए

llc

घण्टेश्वर अनलाईन
जोरायल डोटी
जोरायल गाउँपालिका वडा नंं ४ का युवा व्यवसायी तथा समाजसेवी चित्र मडैको असामयिक निधन भएकोमा जोरायलका युवाहरुले दु:ख ब्यक्त गरेका छन । मडैको असामयिक निधन भएकोमा रोयल जोरायल क्लबले शुक्रबार बेलुकी सिलँगीबागमा दिप प्रज्वलन गरि शोक मनाएको छ ।
उक्त कार्यक्रममा रोयल जोरायल क्लबका पदाधिकारी सदस्यहरु, स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
साउन महिनाको २४ गते राती धनगढीमा मोटरसाईकल दुर्घटनामा परि मडैको सामयिक निधन भएको थियो ।
युवा व्यवसायी तथा समाजसेवी चित्र मडै जोरायल क्षेत्रमा लोकप्रिय युवाका रुपमा परिचित थिए ।

Leave A Reply

Your email address will not be published.