पत्रकार सन्जय घिमिरेद्वारा लिखित पुस्तक “पात्रहरु” को अमेरिकाको टेक्सासमा परिचर्चा

घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
पत्रकार तथा साहित्यकार सन्जय घिमिरेद्वारा लिखित“पात्रहरु” नामक पुस्तकको आज टेक्सासमा आयोजना गरिएको एक कार्यक्रमका बिचमा परिचर्चा गरिएको छ ।
नेपाल अमेरिका पत्रकार सँघ(नेजा) द्वारा टेक्सासको हस्र्टमा आयोजना गरिएको पुस्तक परिचर्चा कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक बिषयबस्तुमा आधारित पात्रहरुको बारेमा पुस्तकले यथार्थ चित्रण गरेको धारणा राखेको थिए ।
नेपाल अमेरिका पत्रकार सँघ(नेजा)का अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षता तथा महासचिब सुरज भण्डारीको सन्चालनमा सम्पन्न पुस्तक परिचर्चा कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघका महासचिब रोशन पुरीले नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रिय सदस्य समेत रहेका बरिष्ट पत्रकार सन्जय घिमिरेले पुस्तक मार्फत बर्तमान नेपाली समाजको यथार्थ चित्रण गर्नु भएको बताउनु भयो ।

नेपाल पत्रकार महासँघका महासचिब पुरीले महासँघ र नेजा बिचमा जारी सहकार्यको चर्चा गर्दै आगामी दिनमा सहकार्यलाई थप सुदृढ बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा लेखक बिनोद रिजाल र नेजाका पूर्ब क्षेत्रीय सँयोजक रामचन्द्र भट्टले पुस्तकको वारेमा समिक्षात्मक टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा पुस्तकका लेखक तथा नेजाका सल्लाहकार सन्जय घिमिरे, युलेश सिटी काउन्सिल सदस्य टिका पौडेल, गैरआवासिय नेपाली सँघका उपाध्यक्ष सुमन थापा, पत्रकार तथा नेजाका पूर्व क्षेत्रीय सँयोजक रामचन्द्र भट्ट कागैरआवासिय नेपाली सँघ टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापा, सामाजिक अभियन्ता डा. अर्जुन बन्जाडे, शैलेश आचार्य, सुरेशचन्द्र पोखरेल, बनल जोशी, केदार तिमिल्सिना, लेखनाथ गौतमर गोकुल श्रेष्ठ लगायतका बक्ताहरुले पुस्तकमा समाबेश गरिएका विषयबस्तुको वारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई नेपाल अमेरिका पत्रकार सँघका केन्द्रिय सदस्य बाबुराम दहालले स्वागत गर्नु भएको थियो ।

लेखक तथा पत्रकार घिमिरे बिगत लामो समय देखि अमेरिकाको टेक्सासमा बस्दै आउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.