घण्टेश्वर अनलाईन
जोरायल
डोटीको जोरायल गाउँपालिकालाई कोरोना बिरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका बनाउन पहल थालिएको छ । गाउँपालिकालाई कोरोना बिरुद्धको पूर्ण खोपयुक्त बनाउनका लागि कोरोना बिरुद्धको खोप लगाउन छुटेकाहरुको खोजी गर्ने काम शुरु गरिएको जोरायल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ
युनिसेफ नेपालको सहयोगमा बास नेपालले बिहिबार आयोजना गरेको जोरायल गाउँ पालिका स्तरीय समन्वय बैठकमा पनि यसै बिषयमा छलफल भएको छ । जोरायल गाउँपालिका स्वास्थ्य शाखाको तथ्याँक अनुसार गाउँपालिका क्षेत्र भित्र पहिलो कोरोना बिरुद्धको पहिलो खोप लगाउनकोे संख्या करिब ७५ प्रतिशत, दोस्रो खोप लगाउनेको संख्या करिब ८४ प्रतिशत र बुस्टरडोज लगाउनेको संख्या करिब ४० प्रतिशत भन्दा बढी रहेको छ ।
जोरायल गाउँ पालिकालाई कोराना बिरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गर्नका लागि जनप्रतिनिधीहरुसँग समन्वय गर्दै सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयँसेबिका, सरकारी तथा गैरसरकारी सँस्थाहरुलाई परिचालन गरि खोप अभियानलाई तिब्रता दिईने स्वास्थ्य शाखा प्रमुख गोबिन्द बिष्टले जानकारी दिनु भयो ।
स्वास्थ्य सँयोजक बिष्टका अनुसार कोरोना बिरुद्धको खोप माग भईरहेको छ । यही भाद्र ९ गते देखि ५ वर्ष भन्दा माथी र १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोरोना बिरुद्धको फाईजर खोप लगाईने कार्यक्रम रहेको छ । त्यस लगत्तै छुटेकाहरुलाई खोप अगाउने अभियान संचालन गरिने छ ।
उक्त कार्यक्रममा बोल्दै जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमूना बोहराले जोरायल गाउँपालिकालाई कोरोना बिरुद्धको पूर्णखोपयुक्त गाउँपालिका घोषणा गर्ने अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो ।
कोरोना बिरुद्धको पूर्ण खोपले मात्र कोरोनाबाट बच्न सकिने बताउदै उपाध्यक्ष बोहराले त्यसका लागि सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज सबै लागेर गाउँपालिकालाई सुरक्षित बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
जोरायल गाउँपालिकालाई कोरोना बिरुद्धको पूर्ण खोपयुक्त घोषणा गर्ने अभियानमा बास नेपालले तथ्याँक सँकलन लगायतका काममा सहयोग गरिरहेको छ । जोरायल गाउँपालिकाको सभाकक्षमा आयोजना गरिएको समन्वय बैठकमा जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्य संस्थाका कर्मचारी, युवा स्वयंमसेवकहरु, बास नेपालका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।