तीजको अवसरमा टेक्सासको नेपाली मन्दिरमा सामुहिक दरखाने कार्यक्रम सम्पन्न

घण्टेश्वर अनलाईन
अर्भिङ, टेक्सास
नेपालीहरुको बाक्लो वसोवास रहेको टेक्सासका बिभिन्न नेपाली समुदायहरुमा तीजको माहोल तात्न थालेको छ । दैनिकजसो नेपाली समुदायको बसोवास रहेका तथा नेपाली मूलका भुटानीहरुको बसोवास रहेको समुदायमा तीजको अवसरमा बिभिन्न कार्यक्रम आयोजना भईरहेका छन ।
तीजको अवसरमा सामुहिक दरखाने कार्यक्रम, बिभिन्न साँस्कृतिक कार्यक्रम, तीज गितमा नाचगान कार्यक्रम आयोजना भईरहेको फोर्टवर्थ केलरका डम्वर थापाले बताउनु भयो ।
यसैगरि तीजको अवसरमा हिन्दु नेपालीहरुको सँस्था नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासले हिन्दु नेपाली चेलीहरुको सम्मानमा अर्भिङ स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दरखाने तथा तीज कार्यक्रमको आयोजना गरेको छ ।
टेक्सासका बिभिन्न स्थानमा रहेका नेपाली समुदायका महिलाहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा महिलाहरुले तीज गित गाउनुका साथै तीज गितमा छमछमी नाचेका थिए ।
उक्त अवसरमा तीज कार्यक्रममा सहभागि भएको सहभागि भएका सबैलाई नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले दर खुवाएको थियो

Leave A Reply

Your email address will not be published.