सवारी दुर्घटनामा परि घाईते डोटी घण्टेश्वरका मल्लको उपचारमा आर्थिक अभाव
सहयोगको लागि मल्लका परिवारको अपिल
कबिराम डाँगी
गैरा, डोटी
दुई बर्ष सवारी दुर्घटनामा परि सख्त घाईते जोरायल गाउँपालिका वडा नं. १ वडाखेतका सुरत मल्लको उपचारमा आर्थिक अभाव भएपछि उनका परिवारहरु चिन्तित हुन थालेका छन ।
उनका परिवारले सुरत मल्लको उपचारमा सहयोगगर्नका लागि स्वदेश तथा बिदेशमा रहेका सहयोगी दाजुभाई तथा दिदी बहिनीहरुलाई अपिल समेत गरेका छन ।
दुई बर्ष अघि सवारी दुर्घटनामा परि सख्त घाईते भएका जोरायल गाउँपालिका वडा नंं १ बडाखेतका सुरत मल्ल पेशाले ड्राइभर हुन । मल्ल दुई बर्ष अघि अत्तरियामा मोटरसाईकल दुर्घटनामा परि घाईते हुँदा खुट्टा र कम्मरको जोर्नी भाँचिएको थियो ।
उपचारका क्रममा नेपालगन्ज स्थित वेष्टर्न हस्पिटलमा दुई पटक अप्रेशन गरेको भएपनि अप्रेशन सफल नभएका कारण स्वास्थ्यमा सुधार नभएपछि थप उपचारकाृ लागि काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।
वीर अस्पतालको ट्रमा सेन्टरमा पनि उपचारका क्रममा सुधार नभई हड्डी मा इन्फेक्सन भई हड्डी काटेर फाल्नु पर्ने डाक्टरले सल्लाह दिएपछि अहिले भारतको हल्द्वानी स्थित साई हस्पिटलमा उपचार भइरहेको परिवारले बताएका छन ।
घरको आर्थिक अवस्था निकै कमजोर र साँझ बिहान हातमुख जोर्न समेत समस्या भएका कारण थप उपचार खर्च जुटाउन निकै समस्या भईरहेको छ, मल्लका भाई भोज मल्लले बताउनु भयो ।
साई अस्पतालले घाईतेको उपचारको लागि कम्तीमा पनि ७ लाख भारु खर्च लाग्ने बताएको छ । उक्त रकम जुटाउन सम्भव नभएपछि स्वदेश तथा विदेशका सहयोगी दाजुभाई तथा दिदी बहिनीहरुलाई गुहार माग्न बाध्य भएको भाई भोज मल्लले बताए ।
बिरामीलाई सहयोग गर्न
योगेन्द्रबहादुर मल्ल
मोबाईल न. : 9868893809
globle IME Bank Dadeldhura Branch
A/C no.1907010018099
थप जानकारी को लागी सम्पर्क नम्बर 9860622415 मा सम्पर्क गरेर बुझ्न सक्नु हुनेछ।