अपाङ्गता सवाललाई राज्यले प्राथमिकता दिनु पर्दछ : पूर्ब मन्त्री श्रेष्ठ

घण्टेश्वर अनलाईन
काठमाण्डौं
पूर्ब मन्त्री तथा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले अपाङ्गता सवाललाई राज्यले प्राथमिकता दिनु पर्ने र समृद्ध समाज निर्माणको लागि अपाङ्गता भएका ब्यक्तिहरू र तिनका अभिभावकहरूका सवालहरू सबैको साझा सवाल बन्नु पर्ने कुरामा जोड दिनु भएको छ ।
काठमाण्डौंको चन्द्रागिरि–१२, बलम्बु स्थित अपाङ्गता–अभिभावक समाज नेपालको प्रथम साधारण सभाको उद्घाटन गर्दै नेकपा(एमाले) का नेता श्रेष्ठले अपाँगता सवाल नारामा मात्र सिमित बन्न नहुने बताउदै श्रेष्ठले अपाँगता भएका ब्यक्तिहरु र अभिभावकहरुलाई सशक्तिकरण गर्दै सम्मानित रुपमा बाँच्ने वातावरण निर्माण गर्नु सबैको दायित्व भएको धारणा ब्यक्त गर्नु भयो ।
अपाङ्गता सबैको साझा सवाल बनाउने हाम्रो अभियान भन्ने मुल नाराका आयोजना गरिएको प्रथम साधारण सभामा बोल्दै वागमती प्रदेश सांसद केशव पोखरेलले सँस्थाले स्थापना भएको छोटो अबधिमा अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरूलाई संगठित गरि अपाँगता सवाललाई उजागर गरि उत्कृष्ट काम गरेको भन्दै प्रशँसा गर्नु भयो ।
यसैगरि चन्द्रागिरी नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले अपाङ्गता क्षेत्रका सवाललाई पनि नगरपालिकाले प्राथमिकताका राखेको बताउदै नगरपालिका अपाङ्गता–अभिभावक समाज नेपालसँग अपाँगता क्षेत्रमा काम गर्न तयार रहेको बताउनु भयो ।
काठमाण्डौंमा पहिलो पटक स्थापना भएको अपाङ्गता–अभिभावक समाज नेपालले आफ्नो प्रथम साधारण सभा बिभिन्न कार्यक्रमको आयोजना गरि हालै सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष टेकबहादुर बमको अध्यक्षता तथा सचिब भावनाकुमारी ढकालको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष संजय सिग्देल, वडा नं. ११ का वडा अध्यक्ष नरेन्द्रराज श्रेष्ठ, दहचोक स्वास्थ्य चौकिका प्रमुख सुमन घिमिरे लगायतका बक्ताहरुले शुभकामना मन्तब्य दिनु भएको थियोे ।
साधारणसभामा संस्थाका अध्यक्ष टेक बहादुर बमले प्रस्तुत गर्नु भएको संस्थाको आ.व.२०७८/२०७९ को प्रगति प्रतिबेदन तथा भावि योजनाको विषयमा प्रतिवेदन तथा कोषाध्यक्ष सुनिता ढुंगानाले प्रस्तुत गर्नु भएको आ.व.२०७८/२०७९ को संस्थाको आय व्यय विवरण छलफल सहित पारित गरिएको थियो ।
सतुङ्गल पार्टी प्यालेसमा आयोजना गरिएको साधारण सभाको उद्घाटन कार्यक्रममा अपाङ्गता भएका ब्यक्ति र सपाङ्ग ब्यक्तिको विवाहित ३ जोडीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा चन्दागिरी नगरपालिका अन्तरगत बसोवास गर्नु हुने अपांगता भएका ब्यक्ति र तिनका अभिभावक गरि १८० जनाको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.