डडेल्धुराको अजयमेरु गाउँपालिकाले एकजनालाई डाक्टर पढाउने

घण्टेश्वर अनलाईन
डडेल्धुरा
डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाले एकजनालाई डाक्टर पढाउने भएको छ ।
अजयमेरु गाउँपालिकाको आ.बं. २०७९/०८० को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबिएस प्रवेश परीक्षा उत्तिर्ण भई नेपालका विश्वविद्यालयमा अध्ययनका लागि छनोट भएका अजयमेरु गाउँपालिकाका स्थायी बासिन्दाहरुले छात्रवृत्तिका लागि गाउँपालिकामा आबेदन दिन सक्ने छन ।
स्थानीय स्तरमा दक्ष स्वास्थ्यकर्मीको अभावलाई परिपूर्ति गर्न र गाउँपालिकाबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले छात्रबृत्ति प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताउनु भयो
गाउँपालिकाले १५ दिने सूचना प्रकाशित गरि छात्रबृत्तिको लागि आबेदन दिन योग्यता पुगेका ब्यक्तिहरुलाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.