डोटी जिल्लामा फेरी कोरोनाको सँक्रमण देखिन थाल्यो

साबधानी अपनाउन स्वास्थ्यकर्मीको आग्रह

llc

घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लामा फेरी कोरोनाको सँक्रमण देखिन थालेको छ । जिल्लाका बिभिन्न स्थानमा कारोनाको सँक्रमण देखिन थालेपछि कोरोनाको सँक्रमणबाट साबधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन ।
डोटी जिल्लामा पछिल्लो समयमा कोरोनाको सँक्रमण देखिन थालेकाले सँक्रमण बढ्न नदिनका लागि सबैले साबधानी अपनाउन आबश्यक रहेको स्वास्थ्य कार्यालय प्रमुख डिल्लीरमण जोशीले बताउनु भयो । कारोनाको जोखिमबाट बच्नको लागि सबैले नजिकको स्वास्थ्य सँस्थामा गएर कोरोना बिरुद्धको खोप लगाउन प्रमुख जोशीले आग्रह गर्नु भयो
स्वास्थ्य कार्यालय डोटीका अनुसार बिहिवार ६ जना कोरोना सँक्रमित थपिएका छन । आठ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोनाको सँक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
कोरोनाको सँक्रमण पुष्टि भएका सबै जना सायल गाउँपालिकाका हुन् । डोटी जिल्लामा हालसम्म कोरोना सँक्रमितको सँख्या ११ जना रहेको छ ।

Leave A Reply

Your email address will not be published.