डेंगु रोगको सँक्रमण ७२ जिल्लामा फैलियो, साबधानी अपनाउन चिकित्सकको आग्रह

घण्टेश्वर अनलाईन
काठमाण्डौं
पछिल्लो समयमा डेंगु रोगको सँक्रमण तिब्र रुपमा फैलिन थालेको छ । डेंगुको सँक्रमण बढ्न थालेपछि स्वास्थ्यकर्मीहरुले साबधानी अपनाउन आग्रह गरेका छन ।
स्वास्थ्य तथा जनसँखया मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ । यसैगरि साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
महाशाखाका अनुसार सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् । बाग्मती प्रदेशमा १२ सय ९१ जनामा डेंगु देखिएको छ । सबैभन्दा कम संक्रमित सुदूरपश्चिम प्रदेशमा देखिएका छन् । सुदूपश्चिममा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार लुम्बिनीमा ५८३, प्रदेश नम्बर १ मा १ सय ४४, गण्डकीमा ५२, मधेशमा ४८ र कर्णाली १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु एडिज लामखुट्टेले टोकेका कारण निम्तिने रोग हो । डेंगु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायतका समस्या देखिन थाल्छन् । डेंगुमा शरीरका प्लेटलेट्स तीब्र रुपमा खस्किन थाल्छ । यसमा बिरामीलाई तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ नभए समयमा नै उपचार नपाउँदा बिरामीको ज्यानसमेत जान सक्छ । डेंगुका लक्षणलाई पहिचान गरेर यसको उपचार गर्न सकिन्छ ।

डेंगुका लक्षण संक्रमणको लगभग ४ वा ६ दिनपछि देखिन्छ

१. अत्यधिक ज्वरो

२. टाउको दुख्ने

३. आँखा दुख्ने

४. मांसपेशी र जोर्नी दुखाई

५. थकान

६. जिउ दुख्ने

७. बान्ता हुने

llc

८. छालामा रातो दाग

यद्यपि, गम्भीर मामिलामा डिएचएफ (डेंगु हेमोरेजिक फिभर) हुने खतरा बढ्ने गर्छ । यो स्थितिमा रक्त नली क्षतिग्रस्त हुन्छन् र प्लेटलेट्सको मात्रा कम हुन थाल्छन् । यस्तो स्थितिमा निम्न लक्षण देखिन सक्छन् ।

१. पेट दुख्ने

२. दाँत वा नाकबाट रगत बग्ने

३. दिसा वा बान्ता गर्दा रगत देखिने

५. सास फेर्न समस्या

६. थकान महसुस हुनु

७. चिड्चिडापन र बेचैनी

डेंगुको उपचार

डेंगुका लागि कुनै विशेष औषधी वा सटिक उपचार उपलब्ध छैनन् । यसमा केही घरेलु उपचार निकै काम लाग्न सक्छन् । यसमा धेरैभन्दा धेरै पानी पिउनुपर्छ । अत्यधिक गम्भीर मामिलामा बिरामीलाई इलेक्ट्रोलाइट सप्लिमेन्ट दिनुपर्छ । केही मामिलामा ब्लड प्रेसर मोनिटरिङ र ब्लड ट्रान्सफ्युजनमार्फत् पनि उपचार गरिन्छ । तपाईंले आफैँ एस्पिरिन वा इबुप्रोफेनजस्ता औषधी बिर्सेर पनि नखानुहोस् ।

डेंगुबाट बच्ने उपाय

जतिसक्दो तपाईं मस्किटो रिपेलेन्ट्स, झुलको प्रयोग गर्नुहोस् । आफ्नो घरको झ्याल–ढोका बेलुका हुनु अघि नै बन्द  गर्नुहोस् । शरीरलाई पूर्ण रुपमा ढाक्ने कपडा लगाउनुहोस् । वरिपरी पानी जम्मा भए नभएको हेर्नुहोस् । कुलरको पानी फेरिरहनुहोस् । पानीलाई ढाकेर राख्नुहोस् । चरा–चुरुङ्गीलाई पानी दिने गर्नुभएको छ भने यसलाई नियमित रुपमा फेरिरहनुहोस् ।

Leave A Reply

Your email address will not be published.