डोटीको छतिवन स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सन्चालन गर्ने

कबिराम डाँगी
बुडर
डोटीको छतिवन स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सन्चालन गर्ने भएको छ । जोरायल गाउँ पालिका र २ नं. वडा कार्यालयको सहयोगमा सो एम्बुलेन्स सेवा सन्चालन गर्न लागिएको स्वास्थ्य चौकीले जनाएको छ । धनगढी डडेल्धुरा भिमदत्त पन्त राजमार्ग अन्तरगत पर्ने बुडरमा रहने गरि एम्बुलेन्स सेवा सन्चालनमा आउने छ ।
बुडर जोरायल गाउँ पालिकाको व्यापारिक केन्द्र पनि हो । छतिवन स्वास्थ्य चौकी जोरायल गाउँ पालिका तथा डडेल्धुराको आलिताल गाउँपालिकाबाट पनि बिरामीहरु सेवा लिन आउने गर्दछन । आपतकालिन अवस्थामा बिरामीहरुलाई धनगढी डडेल्धुरा लैजान एम्बुलेन्स सेवा सन्चालनको लागि पहल गरिएको वडा नं. २ का वडा अध्यक्ष बिरबहादुर दर्लामीले बताउनु भयो ।
छतिवन स्वास्थ्य चौकीले बिगत लामो समय देखि एम्बुलेन्सको माग गर्दै आएको थियो । बुडरमा एम्बुलेन्स सेवाको आबश्यकता महसुस गरि हाल प्राथमिक स्वास्थ्य केन्द्र जोरायलमा रहेको एम्बुलेन्सलाई छतिवन स्वास्थ्य चौकीलाई उपलब्ध गराईएको जोरायल गाउँ पालिकाले जनाएको छ ।
जोरायल गाउँ पालिकाले प्राथमिक स्वास्थ्य केन्द्र सरस्वतीनगरमा रहने निकट भबिष्यमा एम्बुलेन्स सेवा सन्चालन गर्ने कार्यक्रम रहेको गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.