घण्टेश्वर अनलाईन
काठमाण्डौं
आगामी मँसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनका क्रममा मत सर्भेक्षण गर्न नपाईने भएको छ । कुनैपनि राजनैतिक दल र उम्मेदवारको पक्षमा मत सर्भेक्षण तथा परिणाम सार्बजनिक गरिए निर्बाचन आचारसँहिता हुने निर्बाचन आयोगले जनाएको छ ।
निर्बाचन आचारसँहिता २०७९ को दफा ४ त मा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको मिति देखि मतदान सम्पन्न नभए सम्म उम्मेदवार वा राजनैतिक दलको मत परिणामका सम्बन्धमा कुनै पनि मत सर्भेक्षण तथा त्यस्तो सर्भेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाईने भन्दै आयोगले सम्बन्धित सबैलाई सचेत गराएको हो ।
यसै गरि आचारसँहिताको दफा ४ को थ मा सनर्बाचनलाई प्रतिकुल प्रभाव पार्ने वा अबरोध गर्ने गरि बिचार राख्न, प्रचार प्रसार गर्न, कुनैपनि बिद्युतीय सामग्री उत्पादन गर्न र सामाजिक सन्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेको सामग्री शेयर गर्न समेत नपाईने ब्यवस्था रहेको समेत आयोगले जानकारी गराएको छ ।
निर्बाचन आचारसँहिता बिपरित भए गरेको पाईएमा कानून बमोजिम कारवाही गरिने समेत निर्बाचन आयोगका सहायक प्रबक्ता कमल भट्टराईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
