कलाकार लक्ष्मण बोगटीको डेउडा गीत पश्चिम नेपालको म्युजिक भिडियो युट्युव मार्फत सार्बजनिक

All time tax

घण्टेश्वर अनलाईन
डोटी
दुई हप्ताअघि मात्रै युट्युव मार्फत सार्बजनिक भएको डेउडा गीत पश्चिम नेपालको म्युजिक भिडियो २६ हजार बढीले हेरेका छन । सुदुरपश्चिमका चर्चित डेउडा गायक तथा सर्जक लक्ष्मण बोगटीको शब्द तथा लयमा रहेको उक्त गीतमा दर्जनौं युवा युवतीहरु, कलाकारहरु तथा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुले टिकटक समेत बनाएर सार्बजनिक गरिरहेका छन ।
आधुनिकताको नाममा सुदूरपश्चिमको मौलिकपन, कला, डेउडा सँस्कृतिमा पनि प्रभाव पार्न थालेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । सुदूरपश्चिम हाम्रो मातृभूमि हो । सुदूरपश्चिमको पहिचान, मौलिक सँस्कृतिलाई सबैले माया गर्नु पर्छ । आधुनिकतामा नाममा सुदूरपश्चिमको मौलिकपनलाई लोप हुन दिन नहुने गीत मार्फत सन्देश दिन खोजिएको कलाकार बोगटीले घण्टेश्वर अनलाईनसँगको कुराकानीमा बताउनु भयो ।
डेउडा गीत सुदूरपश्चिमको आफ्नै पहिचान हो । मौलिक सँस्कृति हो । यसलाई जोगाउन सबैको दायित्व हो । भ्यूज, लाईक र शेयर बढाउनका लागि मात्र नभएर डेउडा सँस्कृति जोगाउन भूमिका खेल्ने गरि डेउडा गीत निर्माण गर्नु पर्ने कलाकार बोगटीको धारणा रहेको छ ।
डेउडा गीत “पश्चिम नेपाल” चर्चित गायक लक्ष्मण बोगटी र चर्चित गायिका शोभा थापाको स्वरमा रहेको छ । उक्त गीतको बिशेष रेकर्डिङ स्टुडियो काठमाण्डौंमा निर्माण गरिएको हो । म्युजिक भिडियोमा भिम थापा, झरना बोहरा, भिम बिष्ट र अछामी रेखाले अभिनय गरेका छन भने म्युजिक भिडियोको एरेन्ज बिजय थापा, निर्देशन भिम थापा र छायाँकन अमृत उपाध्यायले गर्नु भएको थियो । डेउडा गीत पश्चिम नेपालको म्युजिक भिडियो हेर्न युट्युव च्यानलका गएर पश्चिम नेपाल वा लक्ष्मण वोगटी सर्च गरेर हेर्न सकिने बोगटीले बताउनु भयो ।
उसो त कलाकार बोगटीले रचना गरेको डेउडा गीत दर्जनौं कलाकारहरुले गायका छन । माया पिरतीका भन्दा पनि कलाकार बोगटी सुदूरपश्मिेली समुदायका दुःख, पीडा,समस्याहरु, सुदूरपश्चिमको महत्व झल्काउने गीत रचना गर्न मन पराउनु हुन्छ । बोगटीले गायको सुदूरपश्मिेलीले भारतमा भोग्नु परेको पीडा समेटिएको डेउडा गीत “बम्बै बग्या आँसु” चर्चित डेउडा गीत हो । त्यस्तै द्वन्द्वको समयमा निर्माण गरिएको बोगटीको शब्द रचना तथा राजाराम भाटको स्वर रहेको“मातृभूमि रोईरहेको छ” बोलको अर्को चर्चित डेउडा गीत हो ।
अछाम जिल्लाको पन्चदेवल विनायक नगरपालिका निवासी ५१ बर्षिय लक्ष्मण बोगटीले १५ वटा डेउडा गीतको म्युजिक भिडियोमा अभिनय, थारु चलचित्र –मोर बस्ती गीतको लेखन तथा अभिनय, हिन्दी चलचित्र मृत्यु दण्डमा अभिनय (२०५५) र ७० वटा भन्दा बढी डेउडा गीतको रचना गरिसकेका छन । बोगटीको पहिलो देउडा एलबम “निकि छौक्या मैना चरी” २०५८मा रेडियो नेपालमा रेकर्डिङ भएको थियो ।
अर्थशास्त्र विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका बोगटी एन सि सि बैंकमा प्रबन्धक पदमा कार्यरत रहेका छन ।

Leave A Reply

Your email address will not be published.