नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औं साधारण सभा सम्पन्न

दुई दर्जन पत्रकार तथा बिभिन्न ब्यक्तित्वहरु सम्मानित

घण्टेश्वर अनलाईन
नेपालगन्ज
नेपाल पत्रकार महासंघ बाँके शाखाको शनिबार सम्पन्न १३ औं साधारण सभामा दुई दर्जन पत्रकार र विभिन्न व्यक्तित्वहरुलाई विभिन्न विधाम सम्मान एवम् पुरुस्कार प्रदान गरिएको छ । सम्मानित तथा पुरुस्कृत हुने ब्यक्तित्व तथा सँस्थालाई साधारण सभाका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, केन्द्रीय महासचिव रोसन पुरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले सम्मान गर्नु भएको थियो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा पत्रकारिता क्षेत्रको बिकास तथा बिधागत क्षेत्रमा योगदान दिए वाफत बिभिन्न समयमा स्थापना गरिएका पत्रकारिता पुरुस्कारवाट सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासँघ बाँके शाखाका अनुसार सम्मानित हुनेहरुमा नेपालगन्जका छाती तथा फोक्सो रोग विशेषज्ञ डा.सुभाष योगी रहेका छन । योगी नेपाल पत्रकार महासंघ बाँके शाखाका स्वास्थ्य परामर्शदाता समेत हुन । उनले कोभिड महामारीको समयमा पत्रकारहरुलाई स्वास्थ्य सेवा एवम् परामर्श प्रदान गरि सहयोग गर्नु भएको थियो ।
यसैगरि नेपाल पत्रकार महासँघ बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली पत्रकारिता सम्मानबाट शाखाका पूर्व अध्यक्ष एवम् पत्रकार प्रेम केसी सम्मानित भएका छन् ।
यस्तै विवेक रेग्मी र सुविता थारुलाई क्रियाशील पत्रकारिता पुरस्कार, यदुराज मिश्र र आलम खानलाई राम आधार–रामप्यारी पत्रकारिता पुरस्कार, मिसन टुडे दैनिक, जी नेपाल टेलिभिजन र विनोेद गौतमलाई आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
यसैगरि रेजिना मल्ललाई रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार, बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार नन्दलाल शाहु र प्रेम विश्वकर्मालाई, सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार कृष्ण खनाललाई, यादव आचार्य र कमल खत्रीलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सबै पुरस्कारको राशी जनही ५ हजार रहेको बाँके शाखाले जनाएको छ ।
बाँके शाखाले बाँकेका अग्रज पत्रकारहरुलाई पनि सम्मान गरेको छ । अग्रज पत्रकारहरु बासुदेव श्रेष्ठ, गणेश जिसी, नरेन्द्रजंग पिटर, पूर्णलाल चुकेलाई सम्मान गरिएको छ ।
बाँकेको पत्रकारिताको बिकासमा योगदान पुर्याउने गरि विभिन्न पुरस्कार र अक्षयकोष स्थापना गरेका सँस्था तथा व्यक्तित्वहरुलाई समेत साधारण सभाको अवसरमा सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा क्रमस आमाद्वय रामकली र चन्द्रकला कुर्मीको नाममा रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेका डा.कौशलकुमार बर्मा, आफ्नी आमा बेलमति शर्माको नाममा बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका जीवन शर्मा, आफ्ना पति सूर्यनाथ गौतमको नाममा सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार स्थापना गरेकी सुशिला गौतम, आफ्नी श्रीमती माधवी शर्माको नाममा माधवी शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेका गोपाल बैरागी तथा आफ्ना बुवा राम आधार र आमा रामप्यारी बर्माको नाममा राम आधार–रामकली पत्रकारिता पुरस्कार स्थापना गरेका माधवराम बर्मा तथा आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गर्ने नेपाल नेत्रज्योति संघ बाँके फत्तेबाल आँखा अस्पताल रहेका छन ।
नेपाल पत्रकार महासँघ बाँके शाखाको १३ औं साधारण सभामा बोल्ने अतिथी बक्ताहरुले बाँके शाखाले पत्रकारिता क्षेत्रको बिकासको लागि खेलेको भूमिका प्रति मुक्तकण्ठले प्रशँसा गरेका थिए ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासँघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले बाँके शाखाले सम्पादन गरेका कार्यहरु उत्कृष्ट रहेको भन्दै प्रशँसा गर्नु भयो ।
यस्तै नेपाल अमेरिका पत्रकार संघ(नेजा) का अध्यक्ष विकासराज न्यौपानेले नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेको १३ औं साधारणसभा सफलता पूर्वक सम्पन्न भएकोमा बाँके शाखालाई हार्दिक बधाई ज्ञापन गर्नु हुदै आगामी दिनमा नेपाल र नेपाल बाहिर रहेका महासंघ सम्बद्व शाखाहरुमा रहनुभएका पत्रकारहरु तथा नेजाको बीचमा एउटा पुलको काम गरेको र आगामी दिनमा संस्थागत सम्बन्ध अझ प्रगाढ भएर जाने विश्वास ब्यक्त गर्नु भयो ।
नेजाले पत्रकार महासंघका सदस्यहरुका लागि दुईलाख २२ हजार २ सय २२ रुपैयाँ राशीको ग्रामीण पत्रकारिता पुरस्कारको ब्यवस्था गरेको बताउदै पुरस्कारलाई प्रभावकारी रुपमा ब्यवस्थापन तथा क्षमतावान पत्रकार, दूरदराजको समाज परिवर्तन गर्ने खालका समाचार, फिचरलाई कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा नेजाले दीर्घकालिन योजना बनाई अघि बढिरहेको बताउनुभयो ।

llc

 

Leave A Reply

Your email address will not be published.