महिलाहरुलाई किन बढी हुन्छ पिसाबको संक्रमण ?

काठमाडौं । ‘पिसाबको संक्रमण’ पुरुष वा महिला दुबैलाई हुन सक्ने एउटा समस्या हो । मुत्रासयमा ब्याक्टेरियाको संक्रमण बढदै गएपछि पिसाबको संक्रमण हुन्छ । पुरुषहरूको तुलनामा महिलाहरूलाई बढी पिसाबको संक्रमण हुन्छ ।

महिलामा यो धेरै हुनुको कारण उनीहरूको दिसा र पिसाब गर्ने ठाउँको दुरी छोटो हुनु हो । जसकारण ब्याक्टेरिया सजिलैसँग भित्री भागसम्म पुग्ने गर्दछ । संसारभरका महिलाहरूमध्ये आधाजसो महिलाहरू जीवनको कुनै न कुनै समयमा कम्तिमा एकपटक यो रोगबाट सक्रमित हुने गर्दछन् । यो समस्या पटक–पटक दोहोरिने गरेको पनि पाइन्छ।

हामीले प्रयोग गर्ने शौचालयको माध्यमबाट बढी युरिन इन्फेक्सन हुन्छ । जाडो महिनामा मानिसहरू कम नुहाउँछन् । यौन अंगको सरसफाइमा ध्यान नपुर्‍याउँदा पनि पिसाबको संक्रमण हुन्छ ।

सेक्सुअल्ली एक्टिभहरूलाई पनि पिसाबको संक्रमण हुने संभावना बढी मात्रामा हुन्छ । यसबाट बच्नका लागि हामीले आफ्नो सरसफाइमा ध्यान दिनुपर्छ । यौन सम्पर्क गर्नुभन्दा पहिले र यौन सम्पर्क गरिसकेपछि आफनो अंग सफा राख्नुपर्छ । यतिमात्रै गर्दा पनि इन्फेक्सनबाट बच्न सकिन्छ ।

पिसाबको संक्रमणलाई बेवास्ता गर्‍यो भने मिर्गौलामा पिप जम्ने र बिस्तारै मिर्गौला खराब हुने गर्छ । पिसाबको संक्रमण हुनसाथ आतिनुभन्दा पनि सहि उपचारतर्फ लाग्नु बुद्धिमानी हुन्छ ।

पिसाबको संक्रमण बढदै गए बिस्तारै किड्नीमा समस्या हुन सक्छ । पिसाबको संक्रमण भइहालेमा आफ्नो नजिकको युरोलोजिस्टकहाँ गएर सल्लाहमा लिनुपर्छ ।

पिसाबको संक्रमणका कारण
– धेरै लामो समयसम्म पिसाब रोकी बस्नु

– मधुमेहको बिरामी हुनु

– शरीरमा पानीको मात्रा कम हुनु

– गुप्तांग सफा नहुनु

– पखला धेरै लाग्नु

– पत्थरीको समस्या हुनु

– एन्टिबायोटिक औषधिको बढी प्रयोग गर्नु

के–कस्ता लक्षण देखिन्छन् ? 
– मुत्राशयमा पीडा हुनु

– पिसाब पोल्नु

– पिसाबको रंग गाढा पहेंलो हुनु

– पटक पटक पिसाब लाग्नु

– पेट दुख्नु

– ढाड र कम्मरमुनिको भाग दुख्नु

– ज्वरो आउनु

– पिसाबमा गन्द आउनु

– शरीरमा छटपटी हुनु,

– वान्ता आउला जस्तो हुनु

– पिसाबमा रगत देखिनु

-पिसाब फेर्दा रोकावट आउनु, रोकिदै पिसाब आउनु

 बच्ने उपाय
– प्रसस्त मात्रामा पानी पीउने

– यौनांगको सरसफाईमा विशेष ध्यान दिने

– यौन सम्पर्कपछि तत्काल पिसाब गर्ने तथा यौनाङ्गहरू सफा गर्ने गर्ने

– प्रसस्त मात्रामा हरियो सागसब्जी र फलफूलको सेवन गर्ने

– लामो समयसम्म पिसाब रोकेर नराख्ने

– पिसाब पोल्ने समस्या लामो समय देखिएमा चिकित्सकको परार्मशअनुसार स्वास्थ्य जाँच तथा औषधि उपचार गर्ने

महिला स्वास्थ्यबाट

Leave A Reply

Your email address will not be published.