न्यूयोर्कको कोरोना पार्कमा सुदूरपश्चिमेलीको होली

llc

घण्टेश्वर अनलाईन
न्यूयोर्क, अमेरिका
अमेरिकाको न्यूयोर्क स्थित कोरोना पार्कमा आईतबार सुदूरपश्चिमेलीहरुले बिबिध कार्यक्रमका साथ होली पर्ब मनाएका छन ।
सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कको आयोजनामा सुदूरपश्चिमको सँस्कृति झल्किने गरि होली पर्ब मनाईएको समाजका अध्यक्ष रामबहादुर देउवाले जानकारी दिनु भयो ।
अध्यक्ष देउवाका अनुसार सुदूरपश्चिम नेपाली समाजका जेष्ठ सदस्य महालक्ष्मी भट्टबाट होलीको टिका ग्रहण गरिसकेपछि एक आपसमा रङ्ग लगायर शुभकामना आदान प्रदान गरिएको थियो ।
होली कार्यक्रममा सुदूरपश्चिमको दार्चुला, बैतडी तथा अछाम जिल्लाको प्रसिद्ध होली गीतमा होली तथा डेउडा खेल्नुका साथै बिबिध साँस्कृतिक कार्यक्रम गरिएको समाजले जनाएको छ । उक्त अवसरमा सुदूरपश्चिम क्षेत्रको प्रसिद्ध बाजा दाईन दमाहको प्रदर्शनी तथा दाईन दमाह बजाएर होली कार्यक्रमलाई सँगीतमय बनाईएको थियो ।
होली कार्यक्रममा समाजका उपाध्यक्ष दानसिंह बिष्टले सुदूरपश्चिमेलीहरुलाई स्वागत तथा अध्यक्ष रामबहादुर देउवाले सबैलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा महासचिब रैभान महराले होली कार्यक्रमको सँयोजन गर्नुका साथै सुदूरपश्चिमको प्रसिद्ध होली गीत प्रस्तुत गर्नु भएको सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.