डोटीको आदर्श गाउँ पालिकाको काँडीगाउँ र डोकट गाउँमा स्वास्थ्य सेवा बिस्तार

घण्टेश्वर अनलाईन
मौवा, डोटी
डोटीको आदर्श गाउँपालिकाले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवालाई बिस्तार गर्ने भएको छ । भौगोलिक रुपमा बिकट र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवालाई सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले सेवा बिस्तार गर्न लागिएको आदर्श गाउँ पालिकाका स्वास्थ्य ईकाइ प्रमुख बमबहादुर खड्काले बताउनु भयो ।
स्वास्थ्य सेवालाई बिस्तार गर्ने क्रममा आदर्श गाउँपालिकाको वडा नं. ३ काँडीगाउँमा सुरक्षित प्रसुति केन्द्र र वडा नं. ४ को डोकट गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।
दुवै स्थानमा स्थापना गरिएका स्वास्थ्य संस्थाहरूमा आबश्यक स्वास्थ्य उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरिउको आदर्ब गाउँपासलकाले जनाएको छ ।
काँडीगाउँ र डोकट गाउँमा स्थापना गरिएको स्वास्थ्य सेवाको आदर्श गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले मँगलबार उद्घाटन गर्नु भयो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष रोकायाले गाउँपालिका जनताको सबै भन्दा नजिकको सरकार भएकाले जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य सेवा बिस्तार गरिएको बताउनु भयो ।
गाउँबस्तीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराएर घण्टौं पैदल हिंडेर स्वास्थ्य सेवा लिन मौवा आउनु पर्ने बाध्यता हटाउने प्रयास गरिएको उपाध्यक्ष रोकायाको भनाई थियो ।
कार्यक्रममा ग्रामीण क्षेत्रमा स्थापना गरिएका स्वास्थ्य सेवालाई आबश्यकता अनुसार सुदृढ गर्दै लगिने रोकायाले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.