घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्ला अस्पतालमा एकदिने निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सन्चालन गरिने भएको छ । दिपायल सिलगढी नगरपालिका ६ नम्बर वडा कार्यालय, जिल्ला अस्पताल डोटी, माया मेट्रो अस्पताल धनगढी र भैरवप्रसाद गण सिलगढीको संयुक्त आयोजनामा यही बैशाख १६ गते निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
जिल्लाका गरिब, बिपन्न जनतालाई स्थानीय स्तरमा नै बिशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिबिर आयोजना गर्न लागिएको दिपायल सिलगढी नगरपालिका वडा नंं ६ का वडाध्यक्ष नरेश मलासीले बताउनु भयो । शिविरमा विभिन्न क्षेत्रमा विशेषज्ञ चिकित्सकहरूले सेवा दिने आयोजकहरुले जानकारी दिएका छन ।
उक्त बिशेषज्ञ स्वास्थ्य शिविरमा माया मेट्रो अस्पताल धनगढीका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा .पूजन पन्त, बालरोग विशेषज्ञ डा. सुलोचना दाहाल, छाला तथा यौनरोग विशेषज्ञ डा. प्रियँका मैनाली, महिला रोग विशेषज्ञ डा .रबिन्द्र देवकोटा, दन्तरोग विशेषज्ञ डा. प्रेरणा शर्माबाट बिशेषज्ञ सेवा प्रदान गरिने माया मेट्रो अस्पताल धनगढीका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिनु भयो ।
यसैगरि उक्त शिविरमा जिल्ला अस्पताल डोटीका जनरल प्राक्टिस तथा मेडिसिन विशेषज्ञ डा. नीराजन श्रेष्ठ, जनरल फिजिसियन तथा इन्टरनल मेडिसिन विशेषज्ञ डा. जुनु लावती र बालरोग विशेषज्ञ डा. ललित सुरीद्वारा पनि बिशेषज्ञ सेवा प्रदान गरिने जिल्ला अस्पताल डोटीले जनाएको छ । शिविरमा सेवाग्राहीलाई ल्याब तथा एक्स–रे सेवापनि उपलब्ध गराईने बताईएको छ । जिल्ला अस्पताल सिलगढीमा आयोजना गरिने उक्त निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरको व्यापक प्रचारप्रसार गरि सेवालिनका लागि आयोजकहरुले सबैमा अनुरोध समेत गरेका छन ।