घण्टेश्वर अनलाईन
दिपायल
सुदूरपश्चिम प्रदेशमा कोरोनाको प्रभाव फेरी देखिन थालेको छ । सुदूरपश्चिम प्रदेशमा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ८६ जनाको कोरोना परिक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलाली र कन्चनपुरको सीमा नाकामा गरिएको नमूना परीक्षणमा ७ जनामा कोरोना सँक्रमण देखिएको हो । सँक्रमण पुष्टि भउका ७ जना मध्ये गड्डाचौकी नाकाबाट भित्रिएका ३ जना, झुलाघाट र गौरीफन्टा नाकाबाट भित्रिएका २÷२ जनामा रहेको बताईएको छ ।
सुदूरपश्चिमका बिभिन्न सीमा नाकामा पछिल्लो २४ घण्टामा ४ सय २ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिएको थियो । हाल सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ४६ रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।