घण्टेश्वर अनलाईन
बुडर, डोटी
जोरायल गाउँ पालिका २ नंं वडा कार्यालयद्वारा सन्चालित ३ महिने सिलाई कटाई तालिम शुक्रबार गरुड(केरावारी) मा सम्पन्न भएको छ ।
स्थानीय गरिब तथा बिपन्न महिलाहरुलाई सीपमूलक तालिम दिई स्वरोजगार बनाउने उद्देश्यले सन्चालन गरिएको उक्त तालिममा स्थानीय १३ जना महिलाहरु सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र बितरण गर्दै जोरायल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष बिरबहादुर दर्लामीले ३ महिने सिलाई कटाई तालिममा सहभागि महिलाहरु आफ्नो व्यवसाय सन्चालन गरेर स्वरोजगार बन्नु पर्ने कुरामा जोड दिनु भयो ।
तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न व्यवसाय सन्चालन गर्न आबश्यक रहेको बताउदै वडा अध्यक्ष दर्लामीले व्यवसाय गर्ने महिलाहरुलाई वडा कार्यालयले आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । तालिममा प्रशिक्षक लक्ष्मी कपड्यालले प्रशिक्षण दिनु भएको २ नम्बर वडा कार्यालयले जनाएको छ ।