घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्ला अस्पतालमा शनिबार सन्चालित बिशेषज्ञ स्वास्थ्य शिविरबाट सयौं डोटेलीहरु लाभान्वित भएका छन ।
बिकट गाउँ बस्तीका जनताहरुलाई घरदैलोमा बिशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला अस्पताल डोटी, माया मेट्रो अस्पताल धनगढी,नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीले सँयुक्त रुपमा एक दिने बिशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेका थिए ।
उक्त शिबिरमा दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, आदर्श गाउँपालिका, के.आइ.सिंह गाउँपालिका र सायल गाउँपालिकाका ३ सय ९४ जना महिला, १ सय ६८ जना पुरुष र ७८ बालबालिका गरि ६ सय ३० जनाले सेवा लिएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
शिविरमा बिशेषज्ञ डाक्टरहरुद्वारा हड्डी तथा नसा रोग, बालरोग, स्त्री रोग, छाला तथा यौन रोग, दन्त रोग, इन्टर मेडिसिन लगाएका रोगको सेवा दिईएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन श्रेष्ठले बताउनु भयो ।
बिशेषज्ञ स्वास्थ्य शिविरको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजिसिं खड्काले शनिबार उद्घाटन गर्नु भएको थियो ।