टेक्सासको ड्यालसमा मिलन लामा साँझ कार्यक्रमः

भौतिक रुपमा जहाँ भएपनि नेपाललाई नबिर्सन नेपाली समुदायलाई कलाकार लामाको आग्रह

All time tax

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका

“देश छोडेको दिनहरु औंला भाँच्दै गन्नु
कसैले घर सोधे नेपाल हो भन्नु”
नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासको अर्भिङ स्थित करिलिफ रेष्टुरेन्टको सभाकक्ष आईतबार बेलुकी नेपालीहरुको उपस्थितीले खचाखच भरिएको थियो । नेपालमा नाम चलेका र लोकप्रिय कलाकार मिलन लामा आउने खबरले नेपाली समुदायका आमा बुवा, युवाहरु, बालबालिकाहरु सबेरै कार्यक्रम स्थलमा पुगिसकेका थिए ।
कार्यक्रमका मुख्य आकर्षण रहेका कलाकार मिलन लामाले मन्चमा गीत मार्फत भौतिक रुपमा जहाँ भएपनि मातृभूमि नेपाललाई माया गर्न र नबिर्सन आह्वान गर्दा एकाएक हलमा सन्नटा छायो । जाम क्यारे जाम क्यारे जाम क्यारे, यसपाली नेपाल जाम क्यारे, हङकङ आईडिले, माझीदाई पोखरा…..लगायतका गीत मार्फत नेपाली समुदायलाई भौतिक रुपमा जहाँ भएपनि नेपाली बीचमा एकता, भातृत्वको भावनार नेपाल प्रतिको माया कायमै राख्न गरेको आह्वानले सबै सहभागिहरुलाई नेपाल सम्झाएको थियो ।
कार्यक्रममा उपस्थित ७३ बर्षिय रोमहर्ष पौडेलले भने, कलाकार लामाले मातृभूमि प्रति समर्पित गीत गाउदा आफ्नो जन्मभूमि भिरपाखा सम्झिएर आँखा रसाएको बताए । कहिलेकाँही अमेरिका आएपनि बाँकी जीवन आफ्नो मातृभूमिमा नै बिताउने धोको छ , पौडेलले भने ।
यस्तै कार्यक्रममा सहभागि ७२ बर्षिय जयन्ती दवाडीले नेपाल सम्झिएर भावुक भएको प्रतिकृया दिईन । अमेरिकामा आएर केही बिग्रिएको छैन, सबैले छोराछोरीले पढाई पुरा गरेपछि नेपालमा नै सेवा गर्नुपर्छ दवाडीको सुझाव थियो ।
कार्यक्रममा उपस्थित बालबालिकाहरुले पनि आफुहरु अमेरिकामा जन्मेको हुर्केको भएपनि नेपाल घुम्न मन भएको बताएका थिए । अमेरिकामै जन्मेकी १४ बर्षिय बालिका अन्जली घिमिरेले आफुले नेपालको बारेमा पढेको सुनेको भएपनि भौतिक रुपमा नेपाल घुम्ने ईच्छा भएको बताईन ।
नेपालबाट अमेरिका आईसकेपछि बिभिन्न कारणले तत्काल नेपाल फर्कन सम्भव छैन । तर अमेरिकामा रहँदा नेपाल र नेपाली समाजलाई कदापी भुल्नु हुँदैन, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुका लागि नेपाली भाषा, सँस्कार सँस्कृतिसँग परिचित गराउन बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको बताउछन ।
प्रवासी नेपाली समुदायलाई आर्थिक रुपमा नेपालसँग जोड्नु पर्ने धारणा सहभागि थियो । भौतिक रुपमा कहाँ छ भन्ने कुराले खासै अर्थ राख्दैन तर हामी नेपालमा आर्थिक गतिबिधि गरेर नेपालसँगको सम्बन्धलाई जिबन्त राख्न सक्छौं । अमेरिकामा बसेरपनि नेपाललाई चिनाउन सक्छौं । नेपाली भाषा, सँस्कृतिको जगेर्ना मार्फत नेपालसँग जोड्न सकिने सामाजिक अभियन्ता गगन केसीको धारणा रहेको छ ।
बिकासका लागि शान्ति, अन्तराष्ट्रियले नेपालमा असहाय बालबालिकाको लागि सहयोग कोष स्थापनाको लागि मिलन लामा साँझ कार्यक्रमको आयोजना गरेको थियो । नेपालका दोहोरी साँझ कार्यक्रमको झल्को दिने गरि आयोजना गरिएको उक्त कार्यक्रममा सहभागि नेपाली समुदायका बालबालिका देखि बृद्धबृद्धाहरु पनि धित मरिन्जेल नाचेका थिए ।
भगवती पौडेलको सन्चालन गर्नु भएको उक्त कार्यक्रममा बिकासका लागि शान्ति, अन्तराष्ट्रियका दिपक खरेलले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो सो सँस्थाका बैकुण्ठराज आचार्यले स्वागत मन्तब्य दिएका थिए ।
कार्यक्रममा गायक मिलन लामा र गायिका देबिका केसीले दोहोरी समेत प्रस्तुत गरेका थिए । स्थानीय कलाकारको रुपमा भिम चापागाई, नबिन शर्मा, चिरिन्जिबी लामाले गीत प्रस्तुत गर्नुका साथै बाल कलाकार अदिती भण्डारी, सुुसरिमा आचार्य र बन्दना नेपालले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.