घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासको युलेश स्थित नेपाली मन्दिरमा हरेक महिना रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ ।
ब्लड डोनर्स अफ अमेरिकाले नेपाली समुदायका बिभिन्न सँस्थाहरुसँगको सहकार्यमा हरेक महिनाको दोश्रो आईतबार रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।
बढ्दो रगतको माग आपूर्तिमा सहयोग गर्ने उद्देश्यले रक्तदान कार्यक्रमलाई नियमित गर्न थालिएको ब्लड डोनर्स अफ अमेरिका पूर्ब अध्यक्ष शिब काफ्लेले बताउनु भयो ।
ब्लड डोनर्स अफ अमेरिकाले ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका करिब ८ सय रक्तदाताहरुबाट बिभिन्न समयमा रगत सँकलन गर्दै आएको थियो । मागको तुलनामा रगतको आपूर्ति न्यून हुने गरेकाले रगत सँकलन कार्यलाई नियमित र व्यवस्थित गरिएको सँस्थाले जनाएको छ ।
अमेरिकामा रक्तदान गर्नका लागि तोकिएको मापदण्ड पुरा गरि योग्य हुनुपर्ने भएकाले सबैले रक्तदान गर्न सक्दैनन । एक तथ्याँक अनुसार अमेरिकामा जम्मा जनसँख्याको ३७ प्रतिशत जनसँख्या रक्तदानको लागि योग्य मानिएपनि ३ प्रतिशत जनसँखयाले मात्र रक्तदान गर्ने गर्दछन ।
यसै सन्दर्भमा ब्लड डोनर्स अफ अमेरिका र लुम्बिनी सेवा समाज अमेरिकाको सँयुक्त आयोजनामा युलेश स्थित नेपाली मन्दिरमा रक्तदान कार्यक्रम आयोजना गरियो ।
२५६७ औं बुद्ध जयन्तीको अवसरपारी आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदानको लागि २८ जनाले नाम दर्ता गरेकोमा रक्तदान गर्न योग्य १८ जनाले रक्तदान गरेका थिए ।
यसैगरि आजै ब्लड डोनर्स अफ अमेरिका र तामाङ समाज टेक्सासको आयोजनामा बौद्ध गुम्बा बेडफोर्डमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा रक्तदान कार्यक्रमको लागि ३४ जनाले नाम दर्ता गराएकोमा योग्य देखिएका २५ जनाले रक्तदान गरेका थिए । आज सम्पन्न रक्तदान कार्यक्रममा नियमित रक्तदाता मध्यबाट गोला प्रथाको माध्यमबाट सरद पोख्रेल र डेनिश सोमराईलाई सँस्थाको तर्फबाट उपहार प्रदान गरिएको थियो ।
सन २००९ सालमा स्थापना भएको उक्त सँस्थाले हाल सम्म ड्यालस फोर्टवर्थ क्षेत्रमा एकसय पटक भन्दा बढी रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ । दुबै स्थानमा आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजसेवी यादव खनालले खाना तथा उपहार सहयोग गर्नु भएको ब्लड डोनर्स अफ अमेरिकाले जनाएको छ ।