गैर आवासिय नेपाली सँघ अमेरिकाको आगामी नेतृत्व सर्वसहमत चयन गरिनु पर्दछ ः टेक्सास च्याप्टर अध्यक्ष सोफिन थापा
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैरआवासिय नेपाली सँघ, अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापाले सँघको आगामी नेतृत्व विवादरहित रुपमा सर्बसहमत चयन गर्नु पर्ने बताएका छन । अध्यक्ष थापाले घण्टेश्वर अनलाईनसँगको कुराकानीमा सँघप्रति पछिल्लो समय नेपाली समुदायको आकर्षण घट्दो अवस्थामा रहेकाले साझा चरित्रको सँस्थाको छबि सुधार्नु नै मुख्य चुनौती रहेको धारणा व्यक्त गर्नु भयो ।
गैर आवासिय नेपाली सँघमा सबै भन्दा बढी सदस्य अमेरिकामा रहेका छन । त्यसैले सहमती र सहकार्यको वातावरण बनाएर अन्तराष्ट्रिय स्तरमा अमेरिकाबाट नयाँ सन्देश दिनु पर्ने अध्यक्ष थापाको जोड रहेको छ । गैरआवासिय नेपाली सँघ, प्रवासी नेपाली समुदायको भरोसायोग्य साझा सँस्था भएकाले नेतृत्वको आकाँक्षीहरु एकआपसमा बसेर सहमती निर्माण गर्न र नेपाली समुदायमा बिश्वासको वातावरण निर्माण गर्न आग्रह गर्नु भयो ।
गैरआवासिय नेपाली सँघ अमेरिकाको छवि सुधार गर्नका लागि आम सदस्यहरु, यसका अभियन्ताहरुले पनि दवाव र जागरणको भूमिका खेल्नु पर्ने अध्यक्ष थापाको जोड थियो । गैरआवासिय नेपाली सँघ, अमेरिकाको आगामी जुलाई महिनामा नयाँ नेतृत्वको लागि निर्बाचन हुँदै छ । गैरआवासिय नेपाली सँघ, अमेरिकामा करिब १५ हजार बढीले नयाँ सदस्यता र नविकरण गरेका छन ।