घण्टेश्वर अनलाईन
ह्युस्टन, टेक्सास
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आठौं अधिबेशन निबर्तमान महासचिब सुरज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्वमा चयन गर्दै आज ह्युस्टनमा सम्पन्न भएको छ ।
अधिबेशनबाट निर्बाचित नयाँ पदाधिकारीहरुमा उपाध्यक्षमा सुजन पण्डित, महासचिवमा बाबुराम दाहाल, सचिवमा प्रतिमा बाँस्कोटा, कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर थापा निर्बाचित भएका छन् ।
यसैगरि केशव रेग्मी, झरना अधिकारी, ईश्वरी न्यौपाने र हेमराज बराल केन्द्रीय सदस्यमा निर्बाचित भएको निर्बाचन समितिमा सँयोजक गिरिस पोख्रेलले जानकारी दिनु भयो ।
सँयोजक पोख्रेलका अनुसार नयाँ निर्बाचित पदाधिकारी सदस्यहरुमा अध्यक्ष बाहेक सबै पदाधिकारी सदस्यहरु निर्विरोध निर्बाचित भएका थिए भने अध्यक्ष पदमा सुरज भण्डारी र मधुकर अधिकारी वीचमा निर्बाचन भएको थियो ।