कबिराम डाँगी
गैरा, डोटी
जोरायल गाउँ पालिका वडा नं. १ का बिभिन्न स्थानमा मँगलबार र बुधबार आएको हावाहुरी तथा असिनापानीका कारण स्थानीय कृषकले निर्माण गरेका प्लाष्टिक घर तथा तरकारी वाली नष्ट भएको छ ।
स्थानीय कृषकहरुका अनुसार हावा हुरी तथा असिना पानीका कारण जोरायल गाउँ पालिका वडा नं. १ तिलाचौडका स्थानीय कृषकहरु बढी प्रभावित भएका छन ।
जैबिक हरियाली कृषक समुह जोरायल गाउपालिका वडा न १ का अगुवा कृषक खड्कबहादुर मल्लका अनुसार बिगत केही बर्ष यता पूर्ण रुपमा ब्यवसायिक तरकारी खेती गर्दै आएका कृषकहरुले निर्माण गरेको प्लाष्टिक घर तथा लगाएको बिभिन्न जातका तरकारीहरु नष्ट गरेको छ ।
कृषि ज्ञान केन्द्र डोटीको सहयोगमा तरकारी ब्लक बिकास कार्यक्रम अन्तरगत निर्माण गरिएको प्लास्टिक घरहरु र तरकारी वालीमा नष्ट गरेपछि स्थानीय कृषकहरु चिन्तित हुन थालेका छन ।