घण्टेश्वरका सहकारी सँस्थाहरुलाई समायोजन गर्न पहल गरिने

घण्टेश्वर अनलाईन, घण्टेश्वर
जोरायल गाउँपालिका वडा नं. १ मा रहेका सहकारी सँस्थाहरुलाई एकिकरण गर्न पहल थालिएको छ । जैविक विविधता सँरक्षण कृषि सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न ८ औं वार्षिक साधारण सभाले वडा नं. १ का सबै सहकारी सँस्थाहरुलाई समायोजनका लागि पहल गर्नका लागि अध्यक्ष कबिराम डाँगीको सँयोजकत्वमा भोजबहादुर मल्ल र गीता रावत सदस्य रहेको एक सहजिकरण समिति गठन गरेको छ । उक्त समितीले वडा नं. १ मा रहेका सबै सहकारी सँस्थाहरुसँग छलफल गरि समायोजन गर्न पहल गर्ने अध्यक्ष कबिराम डाँगीले बताउनु भयो ।
जैविक विविधता सँरक्षण कृषि सहकारी संस्था लिमिटेडको शनिबार गैरामा सम्पन्न ८ औं वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथी जोरायल गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष भजनसिंह मल्लले गाउँ गाउँमा सहकारी सँस्था स्थापना भन्दा पनि वडा स्तरमा सशक्त सवल एउटा सहकारी सँस्थाको आबश्यकता रहेकाले समायोजनका लागि पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

llc


अहिले सहकारी सँस्था खोल्ने फेसन जस्तै भएको बताउदै वडाअध्यक्ष मल्लले गाउँ गाउँमा खुलेका सहकारी सँस्थाहरु आफैमा सवल र सक्षम हुन नसक्दा उनिहरुका सेवाहरु गुणस्तरीय हुन नसकेको धारणा ब्यक्त गर्नु भयो ।
उक्त सहकारी सँस्थाका अध्यक्ष कबिराम डाँगीको अध्यक्षता तथा ब्यवस्थापक गणेश बिष्टको सँचालनमा सम्पन्न वार्षिक साधारण सभामा वोल्दै सहकारी सँस्थाको साझेदार सँस्था ली–वर्डका विऊ उद्यम कार्यक्रमका कार्यक्रम अधिकृत विनोद आचार्यले गाउँ गाउँमा छरिएर रहेका सहकारी सँस्थाहरुलाई समायोजन गर्नु पर्ने कुरामा जोड दिदै ली–वर्डले सवल र सक्षम सहकारी सँस्था मार्फत यस क्षेत्रको जैविक विविधता सँरक्षणमा योगदान गर्न चाहेको बताउनु भयो ।


उक्त कार्यक्रममा वोल्दै गौरीशँकर माबिका प्रधानाध्यापक धर्मानन्द जोशी, सहकारी सँस्थामा सँस्थापक अध्यक्ष धनबहादुर सार्की, लेखा समिति सँयोजक भोजबहादुर मल्ल, वरपिपल बचत तथा ऋण सहकारी सँस्थाका सचिब मोहन मल्ल लगायतका बक्ताहरुले एउटै सहकारी सँस्था मार्फत जनतालाई गुणस्तरीय सेवा दिन पहल गर्नु पर्ने आबश्यकता औंल्याउनु भयो ।
उक्त कार्यक्रममा अध्यक्ष कबिराम डाँगीले प्रस्तुत गर्नु भएको कार्यक्रम तथा नीतिगत प्रतिबेदन र कोषाध्यक्ष गिता रावत महताले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन छलफल सहित पारित गरिएको सो सहकारी सँस्थाले जनाएको छ । ।

.

Leave A Reply

Your email address will not be published.