घण्टेश्वर अनलाईन
केन्टकी अमेरिका
प्रवासी नेपाली मञ्च अमेरीकाको वार्षिक साधारण सभा अमेरिकाको केन्टकी राज्यको लेजिंगटन शहरमा हुने भएको छ ।
प्रवासी नेपाली मञ्च अमेरीकाको २१ मे मा सम्पन्न केन्द्रीय कमिटीको बंठकले आगामी जून महिनाको १७ तारेखमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको अध्यक्ष कृष्ण लामिछानेले बताउनु भयो ।
अध्यक्ष लामिछानेका अनुसार उक्त बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका महासचिब शंकर पोख्रेल र बिशिष्ट अपतथीको रुपमा बिदेश बिभाग प्रमुख राजन भट्टराईलाई आमन्त्रण गरिएको छ ।
अमेरिकाका बिभिन्न राज्यमा रहेका मन्च सम्बद्ध करिब २ सय प्रतिनिधिहरुको सहभागिता रहने उक्त साधारण सभामा नेपालको बदलिदो राजनैतिक परिस्थितीमा प्रवासी नेपालीको भूमिकाका वारेमा छलफल गरिने मन्चले जनाएको छ ।
केन्द्रीय कमिटीको बैठकमा अमेरिकामा गैरआवासिय नेपाली सँघको सदस्यता बिस्तारको वारेमा ओएनएफ अमेरिकाका उपाध्यक्ष तथा एनआरएनए सदस्यता बिस्तार समितिका संयोजक भिमप्रकाश ओलीले जानकारी गराउनु भएको थियो । साथै बैठकले एनआरएनए सदस्यता बिस्तारका लागि निर्माण गरिएको कमिटीको उद्देश्य पूरा भएको भन्दै समिति बिघठन गरेको छ ।
बैठकले एनआरएनएको चुनाबको लागि च्याप्टर र एनसिसिका उम्मेदवार तथा निर्बाचनसंग सम्बन्धित सबै कार्यसम्पन्न गर्नका लागि ओएनएड अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको सँयोजकत्वमा सदस्यहरुमा क्रमस ः गोपाल कंडेल, मैया ढुंगाना, गोकर्ण दाहाल, गोबिन्द खनाल, छबि पाण्डे तथा सदस्य सचिबमा भिमप्रकाश ओली रहेको एक समिति पनि गठन गरेको छ ।
प्रवासी नेपाली मञ्च अमेरीकाले गैरआवासिय नेपाली सँघ अमेरिकालाई बलियो बनाउन मन्चको तर्फबाट पहल गर्दै सँघको भूमिकालाई प्रभावकारी बनाउन सबै पक्षसँग छलफल अन्तरकृया गर्ने निर्णय गरिएको मञ्चका केन्द्रीय कमिटी सदश्य तथा प्रचार बिभागका बिजय बगालेले जानकारी दिनु भयो ।