घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा हाइड्रोजन इनर्जीका जानकार डा शेष घलेले बुधबार टेक्सासका नेपाली समुदायसँग नेपालमा हाइड्रोजन इनर्जीको सम्भावनाको बारेमा अन्तरकृया गर्ने भएका छन ।
नेपाली समाज टेक्सासको आयोजनामा हुन लागेको उक्त अन्तरकृया कार्यक्रममा डा. घलेले नेपाली समुदायलाई हाइड्रोजन इनर्जीको बिविध पक्ष बारेमा जानकारी गराउनुका साथै नेपालमा हाइड्रोजन इनर्जीको सम्भावना, अवसर र गैरआवासिय नेपालीहरुको सहभागिताका बारेमा अन्तरकृया गर्ने कार्यक्रम रहेको नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेतीले जानकारी दिनु भयो ।
महासचिब उप्रेतीका अनुसार यसअघि डा शेष घलेले नेपाल सरकारसंगको समन्वयमा सिंगापुर र अस्ट्रेलियाका हाइड्रोजन इनर्जीका बिज्ञ सहित काठमाण्डौमा सेमिनार समेत सम्पन्न गरि सक्नु भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रम टेक्सासको अर्भिंगमा रहेको करी लिफ रेस्टुरेन्टमा मे ३१ बुधबारका दिन बेलुका ७ बजे शुरु हुने नेपाली समाज टेक्सासले जनाएको छ ।