डोटीको दिपायल सिलगढीलाई बालश्रम नगरपालिका बनाउन पहल शुरु

All time tax

घण्टेश्वर अनलाईन

सिलगढी

डोटीको दिपायल सिलगढी नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने पहल थालिएको छ । दिपायल सिलगढी नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने उद्देश्यले उक्त पहल थालिएको सामाजिक बिकास अधिकृत रमेश जोशीले बताउनु भयो ।

सामाजिक बिकास अधिकृत जोशीका अनुसार दिपायल सिलगढी नगरपालिकाको तथ्याँक अनुसार दुई वर्षअघि नगरभित्र गरिएको सर्भेक्षणमा ६८ जना बालश्रमिकहरु फेला परेकोमा २७ बाल श्रमिकलाई उद्दार गरी छात्रावास सहित विद्यालय पठनपाठनको व्यवस्था गरिएको र बाँकी ४१ जनालाई घर फिर्ता गरिएको थियो ।

नगरपालिका क्षेत्रमा बिभिन्न कारणले बालबालिकाहरु बिद्यालय बाहिर रहेकाले सरकारी तथा गैरसरकारी समेतको सहकार्य र सहभागितामा नगरपालिकालाई बालश्रम मुक्त बनाउन लागिएको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ । नगर भित्र बालश्रम न्यूनीकरणका लागि युनिसेफको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले बालसंरक्षण सम्बन्धी कार्यविधि तथा निर्देशिका र ५ वर्षे रणनिति योजना तयार गरी विभिन्न गतिविधि सञ्चालन गरेको थियो ।

दिपायल सिलगढी नगरपालिकालाई बालश्रममुक्त बनाउने अभियान अन्तरगत मँगरवार वडा नं. ८ लडागडालाई बालश्रम मुक्त घोषणा गरिएको छ ।  लडागडामा आयोजना गरिएको एक कार्यक्रमका बिच नगर प्रमुख बाजीसिंह खड्काले वडा नं. ८ लाई बाल श्रममुक्त घोषणा गर्नु भएको हो ।

बालश्रम मुक्त घोषणा गर्नका लागि तोकिएको मापदण्ड पुरा गरेको पाईएकाले वडा नं. ८ लाई बालश्रम मुक्त घोषणा गरिएको उक्त अवसरमा जानकारी दिईएको थियो । यसैगरि वडा नं. ८ मा एक देखि १८ वर्ष उमेर समुहका एक हजार ३ सय बालबालिकाहरू मध्य एक सय २३ जना बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

वडा नं. ८ लाई बालश्रम मुक्त बनाउने अभियानमा युनिसेफ तथा बिगत लामो समय देखि शिक्षा  तथा बालबालिकाको क्षेत्रमा कार्यरत सँस्था सामुदायिक बिकासकेन्द्र डोटीले दिपायल सिलगढी नगरपालिकालाई सघाएको नगरपालिकाले जनाएको छ ।  सामुदायिक विकास केन्द्रका शिक्षा परियोजना अधिकृत एकराज बडुले बालश्रम मुक्त घोषणालाई दिगो राख्न तथा बालश्रम न्यूनिकरणका लागि सरोकारवालाहरुले रणनीतिक योजना पूर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने बताए  ।

डोटीमा बाल श्रम मुक्त वडा घोषणा गर्ने दिपायल सिलगढी नगरपालिका वडा नं. ८ डोटी जिल्लाको दोश्रो वडा हो । यसअघि  दिपायल सिलगढी नगरपालिका कै वडा नं. ५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.