डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सरकार सहमत

घण्टेश्वर अनलाईन
काठमाण्डौं
सुदूरपश्चिमको पहाडी जिल्लामा मेडिकल कलेज स्थापना हुनुपर्ने सुदूरपश्चिमबासीको लामो समय देखिको माग सम्बोधन हुने भएको छ ।
नेपाल सरकार मन्त्री परिषदको सोमबार सम्पन्न बैठकले सुदूर पश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा मेडिकल कलेज सञ्चालन गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेपछि सुदूरपश्चिमबासीको माग सम्बोधन हुने भएको हो । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको थियो । मेडिकल कलेज स्थापना हुनु पर्ने विषय डा.गोविन्द केसीले सन्चालन गरेको चिकित्सा शिक्षा सुधारको आन्दोलनमा पनि प्रमुख मागको रुपमा समाबेश गरिएको थियो । डा. गोविन्द केसीको माग बमोजिम मेडिकल कलेज स्थापना गर्न सरकार सहमत भएको हो । यस विषयमा डा केसी डडेल्धुरा लगायत देशका बिभिन्न स्थानमा दर्जनौं पटक आमरण अनसन समेत बसि सकेका छन । डा. केसी सबै प्रदेशमा मेडिकल कलेज स्थापना लगायतका माग राखेर लामो समयदेखि आन्दोलनरत छन् । मेडिकल कलेज स्थापनाको लागि सैद्धान्तिक सहमति प्रदान गरिएको जिल्ला डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला पनि हो ।

Leave A Reply

Your email address will not be published.