घण्टेश्वर अनलाईन
क्यालिफोर्निया, अमेरिका
अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेका नेपाली समुदायले नेपाल चिनाउन “नेपाल महोत्सब कार्यक्रमको आयोजना गर्ने भएका छन । नेपालको कला सँस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरि पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल फेस्टिबल कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
हामी नेपाली ग्लोबल अन्तराष्ट्रियको आयोजना तथा अमेरिकाको क्यालिफोर्निया स्थित नेपाली समुदायका बिभिन्न सँस्थाको सहभागितामा आगामी जून २५ तारेखका दिन होलिउड वाक अफ फेम क्यालिफोर्निया / लस्एन्जल्समा महोत्सब आयोजना हुने हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रियका उपाध्यक्ष टेक वाईवा लामाले जानकारी दिनु भयो ।
लामाका अनुसार महोत्सव कार्यक्रम नेपाली समुदायको साझा कार्यक्रम भएकाले ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरि विभिन्न जातजाती संस्था र समुदायका सँस्कृति झल्काउने विभिन्न पोशाक, झाँकी तथा नृत्यहरु, नेपालको पर्यटन प्रबद्र्धन गर्ने सामग्रीहरु समेत प्रदर्शन गरिने छ ।
महोत्सवमा सहभागिताको लागि नेपाल सरकार, अन्तर्राष्ट्रिय नेपाली डायस्पोराका नेपालीहरुको साँझा संस्था एनआरएन लगायत क्यालिफोर्नियाको विभिन्न संघ संस्थाहरुको प्रमुख एंव प्रतिनिधि र पत्रकारहरु लगायत सामाजिक अभियान्तहरुको समेत सहभागीता हुने आयोजकहरुले जानकारी दिएका छन ।
नेपाल महोत्सब कार्यक्रम अन्तरगत जून २५ दिउसो १२ बजे देखि दिउसो ४ बजेसम्म आयोजना हुने बिभिन्न कार्यक्रममा सहभागिताका लागि क्यालिफोर्निया तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई सार्बजनिक रुपमा आह्वान गरिसकिएको लामाले जानकारी दिनु भयो । अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली समुदायहरुले नेपालको प्रबद्र्धन गर्नका लागि हरेक बर्ष नेपाल महोत्सब कार्यक्रम आयोजना गर्दै आएका छन ।