घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाली समुदायको बाक्लो बसोवास रहेको ड्यालसको अर्भिङमा आज नेपालका चर्चित कलाकारहरुको सहभागितामा “दोहोरी साँझ कार्यक्रम” आयोजना हुने भएको छ ।
हाम्रो ईभेन्ट अमेरिकाको आयोजनामा हुन लागेको उक्त दोहोरी साँझ कार्यक्रम अर्भिङको करि लिफ रेष्टुरेन्टको सभाकक्षमा आज जून ९ तारेख बेलुकी ६ बजेबाट शुरु हुने छ ।
नेपाली समुदायलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको दोहोरी साँझ कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारी, बिमल डाँगी, निशा सुनार, सँगीता थापामगरको बेजोडको प्रस्तुती रहने छ ।
साथै दर्शकहरुलाई थप मनोरन्जन प्रदान गर्न टेक्सासको ड्यालस क्षेत्रमा रहेका नेपाली कलाकारहरुको पनि बिबिध प्रस्तुती रहने आयोजक सँस्थाका निकेश पोखरेलले जानकारी दिनु भयो ।
दोहोरी साँझ कार्यक्रममा सहभागिताको लागि प्रति ब्यक्ति ४० डलर खरिद गर्नु पर्ने बताईएको छ । कार्यक्रममा सहभागि हुनेहरुका लागि बेलुकीको खाना नास्ताको समेत व्यवस्था गरिएकाले दर्शकहरुले भरपुर मनोरन्जन लिने हाम्रो ईभेँन्ट अमेरिकाले जनाएको छ ।