अमेरिकाको कोलोराडो स्थित नेपाली भाषा पाठशालाका शिक्षकहरुलाई प्रशिक्षण दिईने

घण्टेश्वर अनलाईन

टेक्सास, अमेरिका

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाद्वारा नर्थग्लेन र अरोरा शहरमा सन्चालित नेपाली भाषा पाठशालाका शिक्षकहरुलाई प्रशिक्षण दिईने भएको छ ।

अमेरिकाको कोलोराडो राज्यमा सन्चालन भईरहेका नेपाली भाषा पाठशालाको पठन पाठनलाई थप प्रभावकारी बनाउन शिक्षकहरुको क्षमता अभिबृद्धि गर्न लागिएको समाजका अध्यक्ष राजु सिटौलाले बताउनु भयो ।

अध्यक्ष सिटौलाका अनुसार कोलोराडो राज्यको दुई स्थानमा रहेका नेपाली भाषा पाठशालामा ग्रीष्मकालिन कक्षाहरू सन्चालन भईरहेको छ । अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरुलाई नेपालसँग जोड्न आबश्यक पर्ने ज्ञान सीप सिकाउन शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले जून महिनाको १८ तारेख आईतबार एक दिने तालिमको सन्चालन हुने छ ।

तालिम कार्यक्रममा ग्लोबल नेपाली भाषा पाठशाला, नेपाली समाज टेक्सासका सँयोजक भोजबहादुर बलायरले प्रशिक्षण दिनु हुने छ । ग्लोबल नेपाली भाषा पाठशाला, नेपाली समाज टेक्सासले प्रवासमा जन्मेका र हुर्केका बालबालिकाहरुलाई केन्द्रित गरेर छुट्टै पाठ्यक्रम बिकास गरेको छ ।

उक्त तालिम कार्यक्रममा कोलोराडोका  अतिरिक्त अन्य राज्य तथा देशमा सन्चालित नेपाली भाषा पाठशालाका शिक्षकहरु पनि (जूम) अनलाईनबाट सहभागि हुन सक्ने छन । केलाउक्त तालिम कार्यक्रममा कोलोराडोमा पनि ग्लोबल नेपाली भाषा पाठशाला, नेपाली समाज टेक्सासले तयार गरेको पाठ्यक्रमलाई लागु गरि पठनपाठन गराईने योजना छ ।

नेपाली मूलका बालबालिकाहरूको नेपाली भाषा, कला र संस्कृतिसँगको सम्बन्धलाई कायम राख्ने उद्देश्यले सन्चालित भाषा पाठशाला प्रभावकारी बन्दै गईरहेको छ ।  यस वर्ष नर्थग्लेन पाठशालामा ६८ जना र अरोरा पाठशालामा ५२ जना गरेर जम्मा १२० जना बालबालबालिकाहरू भर्ना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.