डोटी घण्टेश्वरका कृषकहरुलाई उन्नत जातका बाख्रा बितरण

All time tax

कबिराम डाँगी
घण्टेश्वर, डोटी
जोरायल गाउँ पालिकाले वडा नं. १ को खडिना र गोगनपानीका स्थानीय कृषकहरुलाई उन्नत जातको बाख्रा बितरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत बाख्रा बिकास पकेट क्षेत्रका लागि कृषकहरुलाई उन्नत जातका बाख्रा बितरण गरिएको जोरायल गाउँ पालिका पशु सेवा शाखाले जनाएको छ ।
घण्टेश्वरको खडिना र गोगनपानी क्षेत्रलाई बाख्रा बिकास पकेट क्षेत्रका रुपमा बिकास गरि कृषकको आय आर्जनका टेवा पुर्याउने उद्देश्यले सयपत्री बाख्रापालन समूहमा आबद्ध छनौट गरिएका बिपन्न कृषकहरुलाई प्रति ब्यक्ति ४ वटाका दरले खरि जातका १ सय वटा माउ बाख्रा र २ वटा शुद्ध वोयर जातका वोकाहरु वितरण गरिएको पशु सेवा शाखाका प्रमुख मानबहादुर रानाले जानकारी दिनु भयो ।
स्थानीय कृषकहरुलाई बाख्रा बितरण गर्दै जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जोरायल गाउँ पालिकालाई कृषि तथा पशुपालन क्षेत्रमा नमूनाको रुपमा बिकास गर्न लागिएको जानकारी दिनु भयो ।
स्थानीय कृषकहरुलाई आय आर्जनमा टेवा पुर्याउन उन्नत जातका बाख्रा तथा बोका बितरण गरिएको बताउदै अध्यक्ष ओझाले बितरण गरिएका बाख्राहरुलाई दुरुपयोग नगर्न आग्रह गर्नु भयो ।
सयपत्री बाख्रापालन समूहका अध्यक्ष अशोक बोहराको अध्यक्षतामा सम्पन्न बाख्रा बितरण कार्यक्रममा जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकिय अधिकृत गणेशदत्त भट्ट, वडा नं. १ का वडा अध्यक्ष जगतबहादुर मल्ल लगायत कार्यपालिकका सदस्यहरु कर्मचारीहरु तथा स्थानीय कृषकहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.