
घण्टेश्वर अनलाईन
सिलगढी
मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल ) गैरसरकारी सँस्थाले डोटीका बिभिन्न स्थानीय तहलाई निःशुल्क फलफूलका बिरुवा बितरण गरेको छ । उक्त सँस्थाले डोटीको दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र शिखर नगरपालिकाको –१ नम्बर वडा कार्यालयलाइ बिहिबार ११ हजार फलफूलका बिरुवा निःशुल्क रुपमा उपलब्ध गराएको हो ।
बितरण गरिएका फलफूलका बिरुवाहरुमा सुन्तला, आँप, लिचि, अम्बा, अमिलो, कागती, कटहर, अनार, अवकाडो र टिमुर जातका बिरुवा रहेको साईन नेपालका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनु भयो । उक्त फलफूलका बिरुवाहरु स्थानीय तहहरुले समुदायमा कृषकहरुलाई बितरण गर्ने छन ।
ग्रामीण क्षेत्रमा रहेका कृषकको बाँझो जमिनमा फलफूल खेती गरि आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले स्थानीय तह मार्फत कृषकहरुलाई फलफूलका बिरुवा बितरण गरिएको साईन नेपालले जनाएको छ ।