घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजिसिं खड्काले नगर पालिकामा सेवा प्रवाह गर्ने क्रममा कुनै कर्मचारीले घुस कमिशन मागेमा आफुलाई जानकारी दिन आग्रह गरेका छन ।
दिपायल सिलगढी नगरपालिकाद्वारा शुक्रबार आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीको बिभिन्न जिज्ञासाको जवाफ दिने क्रममा नगर प्रमुख खड्काले नगरपालिकाका कर्मचारीहरुले कुनैपनि बहानामा घुस, कमिशन मागेको प्रमाणित भएको २४ घण्टा भित्र कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन ।
दिपायल सिलगढी नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुले योजनाको जाँचपास गर्दा घुस माग्ने गरेको लगायतका गुनासो गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रम भन्दा अघि नगरपालिकाका ९ वटै वडाका २९ जनामा गरिएको नागरिक प्रतिवेदनमा पनि १४ जनाले योजना पास गर्दा प्राविधिकले घुस माग्ने गरेको बताएका थिए ।
आफु नगर प्रमुखमा निर्बाचित भई आएपछि बिभिन्न समयमा कर्मचारीहरुसँग बैठक गरि प्रचलित ऐन कानून भित्र रहेर नगरपालिकाले प्रवाह गर्ने सेवाहरु सर्वसुलभ रुपमा उपलब्ध गराउन, कुनैपनि बहानामा सेवाग्राहीलाई दुःख नदिन र घुस नमाग्न निर्देशन दिएको बताए ।
मलाई बिश्वास छ, हाम्रा कर्मचारीहरुले घुस माग्ने काम गरेका छैनन । यदि कुनै कर्मचारीहरुले घुस मागेमा हामीलाई सूचना दिनुस, हामी सूचना दिनेको नाम गोप्य राखेर छानविन गरि कारवाही गरिने छ, नगर प्रमुख खड्काले बताए ।
![](https://ghanteshwor.com/wp-content/uploads/2021/05/icon-150x150.png)