घण्टेश्वर अनलाईन
बुडर डोटी
जोरायल गाउँपालिका वडा नं. २ स्थित रामपुर माबि बुडर स्थित रामपुर प्रगतिशिल बाल क्लबले शुक्रबार बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालय हाता भित्र हरियाली बनाउन बिभिन्न जातका फलफूलका बिरुवा रोपिनुका साथै बिद्यालय हाता भित्र सरसफाई गरिएको क्लबले जनाएको छ । हाम्रो बिद्यालय, हाम्रो गौरव भन्ने नाराका साथ क्लबले बिभिन्न समयमा बिद्यालयमा रचनात्मक कार्यक्रम गर्दै आएको छ ।