गणेश मौनी
सिलगढी
सामुदायिक बिकास केन्द्र डोटीद्वारा सायल तथा आदर्श गाउँ पालिकामा सन्चालित भूकम्प प्रभाबितहरुका लागि आपतकालिन सहयोग कार्यक्रम प्रभावकारी रहेको स्थानीय बासिन्दाहरुले बताएका छन ।
सामुदायिक बिकास केन्द्र डोटीद्वारा सायल र आदर्श गाउँ पालिकामा आयोजना गरिएको छुट्टाछुट्टै सार्बजनिक सुनुवाई कार्यक्रममा स्थानीय बासिन्दाहरुले गत बर्षको भूकम्पबाट प्रभावित स्थानीय बासिन्दाहरुले परियोजनाबाट प्रत्यक्ष रुपमा लाभ पाएको बताएका थिए ।
गत बर्षको भूकम्पबाट सायल र आदर्श गाउँ पालिकाका दर्जनौं घरहरुमा क्षती पुगेको, घरहरु चर्किएको अवस्थामा भूपम्प पीडितहरुलाई सरकारी तर्फबाट सहयोग दिने सम्बन्धमा कुनै चासो नदेखाईएको भन्दै दुखेको पोखेका थिए । कार्यक्रममा सहभागिहरुले बिभिन्न सँघ सँस्था समेतको सहयोग र सहभागितामा सरकारले पुननिर्माणका कार्यक्रम सन्चालन गर्नु पर्ने, भूकम्प प्रभाबितहरुको स्थायी आवास निमार्ण गरिनु पर्ने, भूकम्प प्रभाबितहरुलाई आय आर्जनमा कार्यक्रममा सहभागि गराउनु पर्ने, अस्थायी टहरा निमार्ण हुन नसकेकाहरुका लागि थप निमार्ण गर्न आग्रह गरेका थिए ।
उक्त सार्बजनिक सुनुवाई कार्यक्रममा सामुदायिक बिकास केन्द्र डोटीले परियोजना अन्तरगत सायल गाउँपालिकाका भूकम्प प्रभाबितहरु मध्य ४३ जनाको लागि अस्थायी टहरा आबास निर्माण, ५२ जनाका लागि अस्थायी शौचालय निर्माण, ८० जनालाई न्यानो लुगा बितरण, १ सय ५ जनालाई स्वास्थ्य सरसफाई सामाग्री बितरण र ८ जनालाई मनोसामाजिक तालिम उपलब्ध गराएको जानकारी दिईएको थियो ।
यसैगरि आदर्श गाउँपालिकामा भूकम्प प्रभाबित १६ जनाको लागि अस्थायी टहरा आबास निर्माण, १६ जनाका लागि अस्थायी शौचालय निर्माण, २० जनालाई न्यानो लुगा बितरण, ३० जनालाई स्वास्थ्य सरसफाई सामाग्री बितरण र ३ जना अपांगता भएकालाई सहायता सामाग्री बितरण गरिएको सामुदायिक बिकास केन्द्र डोटीका कार्यक्रम अधिकृत अनिल घर्र्तीले जानकारी दिनु भयो ।
सामुदायिक बिकास केन्द्र डोटीका अनुसार अस्थायी टहरा निर्माण लागि प्रति ब्यक्ति रु ७० हजार, अस्थायी शौचालय निर्माण गर्न प्रति ब्यक्ति ३ हजार ५ सय, न्यायो लुगा प्रति ब्यक्ति १० हजार ७ सय, स्वास्थ्य सरसफाई सामाग्री प्रति ब्यक्ति १ हजार १ सय ९७ र अपांगता भएका हरुका लागि सहायता सामाग्री प्रतिब्यक्ति २ हजार ८ सय बराबरको रकम खर्च भएको छ ।
सायल गाउँ पालिकामा बुधबार आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय चौधरीले गाउँ पालिकाको बजेट सिमित रहेको अवस्थामा सामुदायिक बिकास केन्द्र डोटीले भूकम्प प्रभाबितहरुका लागि आपतकालिन सहयोग कार्यक्रम मार्फत गरेको सहयोग प्रशँसनिय रहेको बताउनु भयो ।
लुथरन विश्व फेडेरेशन नेपालको आर्थिक सहयोगमा सामुदायिक बिकास केन्द्र डोटीले भूकम्प प्रभावित क्षेत्रमा बिभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ ।