डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृत फेला

डोटी जिल्ला अस्पताल सिलगढीमा कार्यरत एक कार्यालय सहयोगी मृत अवस्थामा फेला परेका छन् ।

दिपायल सिलगढी नगरपालिका वडा नंं ७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली शुक्रबार विहान जिल्ला अस्पताल जाने बाटोको चौकमा मृत अवस्थामा फेला परेको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटका अनुसार मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरूको चिरफार गर्ने काम गर्दै आएका थिए । मृत्युको कारण अहिलेसम्म खुल्न सकेका ेछैन । मृतक कोलीका शब पोष्टमार्टम गरि आफन्तलाई बुझाईने र शब जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.