सुदूरपश्चिममा डेंगुका सक्रिय संक्रमितको संख्या ३ सय ४२ पुग्यो
घण्टेश्वर अनलाईन
सिलगढी
सुदूरपश्चिममा डेंगुका सक्रिय संक्रमितको संख्या ३ सय ४२ पुगेको छ । स्वास्थ्य सेवा विभागको सरुवा रोग नियन्त्रण विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमणको आधारमा दार्चुला जिल्ला प्रदेशको पहिलो र देशको चौथो स्थानमा रहेको छ । बिभागको तथ्याँक अनुसार सुदूरपश्चिम प्रदेशमा जनवरी महिनायता डेंगुबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
अभिलेखअनुसार यस वर्षको जनवरी महिनायता दार्चुलामा कूल दुई सय आठ विरामी फेला परेका छन् । अभिलेखअनुसार यस बर्षको जुन र जुलाई महिनामा मात्रै दार्चुलामा सात जना डेंगुका केस थपिएका छन् ।
प्रदेशमा सबैभन्दा कम डेंगुका संक्रमित डडेल्धुरामा फेला परेका छन् । डडेल्धुरामा जनवरीयता जम्मा दुई जनामा संक्रमण देखिएकोमा पछिल्ला दुई महिनामा नयाँ विरामी भेटिएको छैन ।