डोटीको खातिवडा स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा शुरु गर्ने

All time tax

घण्टेश्वर अनलाईन
दिपायल
दिपायल सिलगढी नगरपालिका वडा नं. २ स्थित खातिवडा स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा शुरु गर्ने भएको छ ।
दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ का जनतालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एम्बुलेन्स सेवा सन्चालन गर्न लागिएको वडा नं. २ वडा अध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो ।
वडा नं. २ को खातिवडा भौगोलिक तथा बिकासको दृष्टिकोणले बिकट भएका कारण वडावासी तथा आसपासका क्षेत्रका स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य सेवा पुर्याउन एम्बुलेन्स सेवा आबश्यक भएको वडा कार्यालयले जनाएको छ ।
खातिवडा स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सन्चालनको लागि वडा नं. २ को १६ लाख र दिपायल सिलगढी नगरपालिकाको ६ लाख गरि २२ लाखमा एम्बुलेन्स खरिद भई हस्तान्तरण समेत भईसकेको छ ।
खातिवडा स्वास्थ्य चौकीको लागि खरिद गरिएको एम्बुलेन्स हालै एक कार्यक्रमको आयोजना गरि दिपायल सिलगढी नगर पालिकाका प्रमुख बाजिसिंह खड्का र उप प्रमुख कलावती महर (साउँद) ले वडा अध्यक्ष राजेन्द्र खड्कालाई हस्तान्तरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.