उपमेयर साउँदद्वारा क्याम्पसका छात्राहरूलाई सेनेटरी प्याड बितरण

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिकाका उप प्रमुख कल्पना महर (साउँद) ले डोटी बहुमुखी क्याम्पसका छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्नु भएको छ ।
महिनावारी भएको बेला छात्राहरुलाई नियमित पठनपाठन, सरसफाई तथा स्वच्छता ब्यवस्थापनमा सहयोग पुगोस भनेर सेनिटरी प्याड बितरण गरिएको उप प्रमुख साउँदले बताउनु भयो । उप प्रमुख साउँदले डोटी बहुमुखी क्याम्पसको छात्राबासमा पुगेर सेनिटरी प्याड बितरण गरेकी थिईन । सेनिटरी प्याड उपलब्ध भएपछि आफुहरुलाई निकै राहात भएको क्याम्पसका छात्राहरुले बताएका थिए । डोटी बहुमुखी क्याम्पसको छात्राबासमा ४८ जना किशोरी छात्राहरू बस्ने गर्दछन ।

Leave A Reply

Your email address will not be published.