घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
स्वास्थ्य कार्यालय डोटीले जिल्लाका ग्रामीण क्षेत्रमा कार्यरत बिभिन्न ९ जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । जिल्लाका हरेक स्थानीय तहले सिफारिस गरेका उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालयका प्रमुख मलासीका जिल्लामा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहान गर्न सम्मान गरिएको हो । सम्मान कार्यक्रम हरेक बर्ष आयोजना गरिने छ ।
उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य कार्यालय डोटीद्वारा आयोजना गरिएको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सम्मान गरिएको थियो । उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख कलावती महर साउँद, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले दोसल्ला ओढाई सम्मान ापत्र प्रदान गर्नु भएको थियो ।
सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा क्रमस ः जोरायल गाउँपालिका चन्द्रबहादुर महता, शिखर नगरपालिका प्रेमबहादुर कठायत, पुर्विचौकी गाउँपालिका रामबहादुर बोहरा, सायल गाउँपालिका राधिका सिंह ठकुरी, बोगटान फुड्सिल गाउँपालिका यशोदा उपाध्याय, दिपायल सिलगढी नगरपालिका नरेशकुमार बोहरा, केआइसिंह गाउँपालिका गणेश आउजी, बडीकेदार गाउँपालिका मुकेश बम र आदर्श गाउँपालिकाका देवबहादुर खड्का रहेका छन् ।
