डोटीका कृषकले लगाएको गहुँ वालीमा रोग देखियो, समयमा साबधानी अपनाउन कृषि ज्ञान केन्द्र डोटीको आग्रह

All time tax

केशब जोशी
जोरायल
जिल्लाका केही क्षेत्रमा किसानले लगाएको गहुँ बालीमा बिभिन्न रोग देखा परेको छ । कृषि प्राबिधिकहरुले स्थलगत रुपमा अवलोकन गर्दा गहुँ बालीमा खैरो सिन्दुरे वा पात सिन्दुरे रोग, पहेंलो धर्से सिन्दुरे, कालो वा डाँठ सिन्दुरे, कालो पोके, गहुँको डढुवा, धुले ढुसी वा सेतो रोग देखा परेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।
जिल्लाका बिभिन्न स्थानमा किसानहरुको गहुँ बालीमा बिभिन्न रोगको प्रकोप देखा परेको छ । हामीले गहुँ बालीमा बिभिन्न रोगको प्रकोप देखा परेपछि बिभिन्न सन्चार माध्यम र स्थानीय तह मार्फत गहुँ बाली जोगाउने बिभिन्न उपायका बारेमा कृषकलाई जानकारी दिईरहेका छौं, कृषि ज्ञान केन्द्र डोटी प्रमुख गंगादत्त अबस्थिले जानकारी दिनु भयो ।
आफ्नो गहुँ बालीमा खैरो सिन्दुरे वा पात सिन्दुरे रोग, पहेंलो धर्से सिन्दुरे, कालो वा डाँठ सिन्दुरे, कालो पोके, गहुँको डढुवा, धुले ढुसी वा सेतो रोग लगायत कुनैपनि लक्षण देखा परेमा समयमा आफ्नो नजिकको कृषि बिकास शाखा, कृषि ज्ञान केन्द्र वा कृषि बिकास निर्देशनालयमा सम्पर्क गर्न समेत कृषि ज्ञान केन्द्र डोटीले किसानहरुमा अनुरोध गरेको छ ।
यो बर्ष समयमा हिंउदे वर्षा नभएका कारण सिचाइ सुबिधा नभएका पाखो जमिनमा गरेको गहुँ खेतीमा गहुँ उत्पादन घट्ने भन्दै कृषकहरुले चिन्ता व्यक्त गरेका छन ।

 

Leave A Reply

Your email address will not be published.