जोरायलको सेलागाउँमा गाउँघर तथा खोप क्लिनिक भवन निर्माण

All time tax

घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँपालिका वडा नंं ३ सेलागाउँमा खोप तथा गाउँघर क्लिनिक भवन निर्माण भएको छ । सेलागाउँ तथा आसपासका क्षेत्रमा खोप तथा गाउँघर क्लिनिक भवन नहुँदा सेवा प्रभावित हुँदै आएको थियो ।
सेलागाउँमा खोप तथा गाउँघर क्लिनिक भवन निर्माण भएपछि खोप तथा गाउँघर क्लिनिक सेवासन्चालन गर्न निकै सहज भएको प्राथमिक स्वास्थ्य केन्द्र जोरायलले जनाएका् छ ।
जोरायल गाउँ पालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनकोगाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले आज एक कार्यक्रमका बिचमा सेलागाउँमा उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष जमुना बोहरा, वडा अध्यक्ष दिनेश मल्ल लगायत जनप्रतिनीधिहरु, बिभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.