धनगढीको माया मेट्रो हस्पिटलमा मुटु रोगीको नि:शुल्क चेकजाँच गरिने

llc

घण्टेश्वर अनलाईन
धनगढी
कैलालीको धनगढी स्थित माया मेट्रो हस्पिटलमा मुटु रोगका विरामीहरुको निशुल्क चेकजाँच गरिने भएको छ । पछिल्लो समय सुदूरपश्चिममा मुटु रोगका बिरामीहरुको संख्या बढ्दै गईरहेकाले नि:शुल्क मुटु रोग सम्बन्धि शिविर आयोजना गर्न लागिएको अस्पतालका लेखा प्रमुख धर्म शमसेर बोगटीले बताउनु भयो ।
बोगटीका अनुसार मुटु रोग सम्बन्धी समस्या भएका विरामीहरुले यहि फागुन २० र २१ गते माया मेट्रो हस्पिटल धनगढीमा नि:शुल्क रुपमा सेवा लिन सक्ने छन ।
शिबिरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कृष्ण चन्द्र अधिकारीद्धारा विरामीहरुको नि:शुल्क चेकजाँच गरिने छ भने अस्पतालले ल्याब परिक्षणमा सेवामा पनि २० प्रतिशत छुटको व्यवस्था गरेको बोगटीले जानकारीदिनु भयो ।

Leave A Reply

Your email address will not be published.