वोगटानका सबै वडामा स्वास्थ्य शिविर सन्चालन गरिने

घण्टेश्वर अनलाईन
बोगटान, डोटी
बोगटान फुड्सिल गाउँपालिकाका सबै वडामा वडा स्तरीय स्वास्थ्य शिबिर सन्चालन हुने भएको छ । गाउँ घर चिकित्सा कार्यक्रम नाम दिईएको उक्त वडा स्तरीय स्वास्थ्य शिबिर वडा नं. १ को कानाचौरबाट शुरु गरिएको स्वास्थ्य सँयोजक प्रेमबहादुर बोगटीले जानकारी दिनु भयो ।
बिकट गाउँ बस्तीका सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकाका ७ वटै वडामा स्वास्थ्य शिबिरको आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
वडा नं. १ को कानाचौर मा यहि चैत्र १ गते सन्चालन गरिएको स्वास्थ्य शिबिरमा १ सय ५० जना र वडा नं. २ को केदारअखडामा सन्चालन गरिएको शिबिरमा ५० जना भन्दा बढीले सेवा लिएको स्वास्थ्य सँयोजक बोगटीले बताउनु भयो । शिबिरमा डा.सज्जितकुमार यादव सहितको स्वास्थ्यकर्मीको टोलीद्धारा महिलाहरूको पाठेघर खस्ने समस्याको चेक जाँच र स्वास्थ्य परिक्षण तथा अन्य स्वास्थ्य समस्याको उपचारात्मक सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.