घण्टेश्वर अनलाईन
धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश भित्रका बिभिन्न अस्पतालहरुमा नयाँ अस्पताल ब्यवस्थापन समिति अध्यक्षहरु नियुक्त गरेको छ । प्रदेश मन्त्री परिषदको बिहिवार सम्पन्न बैठकले डोटी जिल्ला अस्पताल बाहेक अन्य अस्पतालहरुमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त गर्ने निर्णय गरिएको सुदूरपश्चिम सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताउनु भयो ।
सुदूर पश्चिम प्रदेश सरकार अन्तरगत रहेका अस्पतालहरुमा गठन गरिएका अस्पताल व्यवस्थापन समितिको अबधि सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियुक्त गर्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालको अध्यक्षमा नरबहादुर शाह (निर्मल), महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट तथा टीकापुर अस्पतालमा झपटबहादुर सोडारी नियुक्त भएका छन ।
यसै गरि बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी अछाम जिल्ला अस्पतालमा शिव बोगटी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त गरिएको मन्त्री जोशीले बताइन । डोटी जिल्ला अस्पतालको अध्यक्षको लागि प्राबिधिक कारणले ढिलो भएपनि चाँडै नियुक्त गरिने बताईएको छ ।